बारा । देवताल गाउँपालिकाका अध्यक्ष उदय प्रसाद यादवले सेवाग्राहीको काम दुरुस्त तरिकाले गर्न आग्रह गरेका छन् । बुधबार देवताल गाउँपालिका–३ का नवनिर्मित वडा कार्यालय भवनको समुद्घाटन कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै उने उक्त कुरा बताएका हुन् ।
उनले भवन निर्माणसँगै सेवाग्राहीको काम र कर्तव्य जबसम्म जनप्रतिनिधिले इमानदारीपूर्वक गर्दैनन् तबसम्म जनताको मनलाई जित्न नसकिने उनको भनाइ थियोे । उनले कार्यालय समयमा हरेक दिन उपस्थित भएर कुनै पनि सेवाग्राहीलाई कार्यालयबाट रितो हात फर्काउन नहुन राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशनसमेत दिएका छन् ।
देवताल गाउँपालिका–३ का वडा अध्यक्ष राजकिशोर प्रसाद कुशवाहाको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तव, योजना शाखा प्रमुख राजीव यादव, वडा–७ का वडा अध्यक्ष सतेन्द्र यादव, वडा–३ का वडा अध्यक्ष ललन प्रसाद यादव, वडा–५ का वडा अध्यक्ष सुरेश प्रसाद साह समाजसेवी लालबाबु पटेल, कृष्ण पटेल, रन्जन पटेल, भोला शर्मा लगायतको उपस्थित रहेको थियोे ।
सोही दिन अध्यक्ष यादवले देवताल गाउँपालिका–२ मा अवस्थित देवताल जनस्वास्थ्य प्रयोगशालाको समेत एक कार्यक्रमबीच समुदघाटन गरेका छन् ।
प्रतिक्रिया