खुद्रा सामानहरू लोड रहेका ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

वीरगञ्ज । विभिन्न किसिमका खुद्रा सामानहरू लोड रहेका ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–२१ हनुमानचोकस्थित सडकखण्डमा ना ३ ख ७५९१ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

राजस्व छली चोरी गरी बिलवीजकभन्दा बढी मालसामानहरू लोड गरी वीरगञ्जबाट राजबिराजतर्फ जाँदै गरेको सूचना प्राप्त भई प्रहरीचौकी परवानीपुरबाट खटिएको चेकिङ टोलीले उक्त मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ट्रकमा लोड रहेका मालसामानहरू बिलमा उल्लिखितभन्दा बढी लोड रहेको आशंका रहेको तथा सो बिलवीजक शंकास्पद देखिएको हुँदा ना ३ ख ७५९१ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई प्रहरीले चेकजाँज गरेको थियो ।
चेकजाँज गर्दा बिलमा २५ लाख ८८ हजार ९ सय ५७ रुपैया भए पनि ट्रकभित्र लोड रहेको कपडा तथा खुद्रा समानहरू बढी भएकाले सामानसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया