सशस्त्र प्रहरी बल पर्सासँग प्रभु हस्पिटल र एभरेस्ट दन्त सेवा केन्द्रकाे समझदारी

वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्सासँग प्रभु हस्पिटल र एभरेस्ट दन्त सेवा केन्द्रबीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

वीरगञ्ज महानगरपालिका–८ पानीट्यांकीस्थित प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि वीरगञ्ज र सशस्त्र प्रहरी बल पर्साबीच स्वास्थ्य उपचार सेवामा राष्ट्रसेवक बहालवाला सशस्त्र प्रहरी कर्मचारी, भूतपूर्व सशस्त्र प्रहरी कर्मचारी र निजहरूका आश्रित परिवारजन तथा अमर सशस्त्र प्रहरी कर्मचारीहरूका आश्रित परिवारहरू समेतलाई विभिन्न उपचार सेवामा छुट्टाछुट्टै निश्चित १५ देखि २० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध गराउने द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल पर्सा र वीरगञ्ज महानगरपालिका–८ लिंक रोडस्थित एभरेस्ट दन्त सेवा केन्द्र प्रालिबीच मधेस प्रदेशमा कार्यरत सशस्त्र प्रहरी राष्ट्रसेवक कर्मचारीहरूलाई इएमलगायत फर्मेसीमा ३५ प्रतिसतसम्म छुट सुविधा उपलब्ध दिने द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया