ब्यारेकको भर्याङबाट लडेर प्रहरी सहायक हवल्दारको मृत्यु

राजविराज । सप्तरीको ईलाका प्रहरी कार्यालय बोदे बरसाईनमा कार्यरत प्रहरी सहायक हवल्दार कृष्ण मोहन सिंहको छतको भर्याङबाट लडेर मृत्यु भएको छ । राति १० बजे ड्युटी सकेर आफ्नो कोठामा सुतेका सिंह अचानक राति ३ः४० बजे छतबाट लडेर तल झरेका थिए ।

ड्युटीमा रहेका सेन्ट्रीले आवज सुनेपछि तत्कालै उपचारको लागि जीवन ज्योति हस्पिटल प्रालिमा लगेको रत्यहाँ उपचार हुने सम्भव नभएपछि तत्कालै छिन्नमस्ता हस्पिटल राजविराज पठाएकोमा हस्पिटलले मृत घोषणा गरेको थियो ।

जिल्ला सर्लाही बलरा नगरपालिका– १० सिंह टोल बस्ने ३३ वर्षीय प्रहरी सहायक हवल्दार सिंहको दरबन्दी प्रहरी चौकी बिसनपुर सप्तरीमा रहेको छ । जिल्ला प्रहरी सप्तरीका प्रहरी नायव उपरीक्षक डुन्डीराज न्याैपानेले आफन्त आएपछि शवकाे पोस्टमार्टम गराएर परिवारलाई जिम्मा लगाउने बताए । उनले यस विषयमा थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया