लागुऔषध चरेससहित पर्सामा दुई जना पक्राउ

बारा । पर्साको वीरगञ्जबाट प्रहरीले लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट गुजरा नगरपालिका–३ का भिमबहादुर वाइवा र मिलन तामाङ रहेको पर्सा प्रहरीले जनाएको छ ।

भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको प्र २–०३–००८ प १४३४ नम्बरको स्कुटीलाई चेकजाँच गर्ने क्रममा स्कुटी चालकले लगाएको हेल्मेटभित्रबाट पर्सा प्रहरीले १२ ग्राम २४० मिलिग्राम लागुऔषध चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी प्रवक्ता कुमार बिक्रम थापाले बताए । त्यस्तै पर्सा प्रहरीले थप लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा–४ बस्ने गणेश घिमिरे र बकैया गाउँपालिका–५ बस्ने विकास भोलनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

घिमिरेको साथबाट नुरफिन २० एम्पुल, फेनारगन २० एम्पुल, डाइजेपाम २० एम्पुल र भोलनको साथबाट नुरफिन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल र फेनारगन २५ एम्पुल बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया