वीरगञ्ज । हार्डवेयर लोड भएको मालवाहक ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । बिल बिजकभन्दा बढी हार्डवेयरका सामान बोकेको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।
वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१४ गण्डकचोकस्थित सडकखण्डमा ना ८ ख ६१७१ नम्बरको ट्रकलाई रोकेर जाँच गर्ने क्रममा बिल बिजकभन्दा बढी हार्डवेयर पार्टस लोड भएको र सो बिल बिजक शंकास्पद देखिएकाले ४८ लाख ८७ हजार रुपैयाँ मूल्य बराबरको हार्डवेयर पार्टसहरुसहित ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
ट्रकसहित हार्डवेयर पार्टसहरू नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।
प्रतिक्रिया