स्कुल बसको ठक्करबाट दुई महिलाको मृत्यु

धनुषा । जनकपुरधाममा स्कूल बसले ठक्कर दिँदा दुईजनाको मृत्यु ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धिकी ३५ वर्षीया राखीदेवी यादव रहेको प्रहरीले जनाएको छ ।

जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जकपुरधाम उपमहानगरपालिका–२३ विन्धिमा आइतवार बिहान प्र२–०२–००१क ०४३१ नम्बरको स्कुल बसले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

घाइतेहरुमा स्थानीय पशुपतिदेवी यादव, अम्बिका झा, भुवनेश्वरी झा, ममतादेवी, बलकिया देवी र बालक सोनुकुमार साह छन् । उनीहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।

विवाहको लागि मटकोरको माटो लिन गइरहेको बेला तिव्रगतिमा रहेको स्कुल बसले ठक्कर दिएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया