सेञ्चुरीको चिया कफी देउ

काठमाडौं । निर्देशक निरेन श्रेष्ठ निर्देशित पछिल्लो लोक दोहरी गीत ‘चिया कफी देउ’ को भिडियो सार्वजनिक भएको छ । अर्जुन सुवेदीको शब्द रहेको गीतमा गायक खेम सेञ्चुरी र गायिका सुनिता बुढा क्षेत्रीको स्वर छ ।

सागर लामाका संगीत रहेको गीतको भिडियोमा कुमार सुनिल, अञ्जली अधिकारी, गोकुलप्रसाद ढकाल लगायतका कलाकारको अभिनय छ । राम केसीले खिचेको भिडियोको कोरियोग्राफर राजाराम सिम्खडा हुन् । भिडियो रोयल मुभिज प्रालिले पोस्टप्रोडक्सन गरेको हो ।

प्रतिक्रिया