समाज परिवर्तनद्वारा रक्तदान

वीरगञ्ज । वीरगञ्जको घण्टाघर स्थित समाज परिवर्तन नेपालको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान कार्यक्रम संस्थाका अध्यक्ष अकलेश साहको अध्यक्षता एवंम नेपाल पत्रकार महासंघका मधेश प्रदेशका महासचिव श्याम बन्जाराको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा महासचिव बन्जाराले रगतको पोका दिएर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा ५ जना महिलासहित ५५ जनाले रक्तदान गरेका छन् ।

रक्तसन्चार केन्द्रमा रगतको अभाव भएकोले सोही विषयलाई मध्यनजर गर्दै कार्यक्रमको रक्तदान कार्यक्तमको आयोजना गरिएको समाज परिवर्तन नेपालका अध्यक्ष साहले बताए ।

कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक धिरेन्द्र झा, जितेन्द्र कुशवाहा, संस्थाका सचिव राहुल साह, कोषाध्यक्ष रोशन सरार्फ, सहसचिव धर्मेन्द्र पटेल, एसके चौरसीया, राजन साह, संदिप महतो, अभिशेक पटेल, भगवान पटेल, चन्दन पटेल लगायतले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।

प्रतिक्रिया