रौतहट । भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएको ६९ बोरा युरिया मलसहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय लक्ष्मिनिया रौतहटबाट परिचालन गरिएको प्रहरी टोलीले रौतहट फतुवा बिजयपुर नगरपालिका ८ बिजयपुर चोकमा चेकजाँच गर्दा ना ३ ख ४६८० नम्बरको ट्रकमा ल्याइएको ६९ बोरा युरिया मलसहित २ जना पक्राउ परेका हुन् ।
ट्रक स्थानीय मानिसहरुको रोहवरमा चेकजाँज गर्दा अन्दाजी ४८,३०० रुपैयाँ बराबरको ६९ बोरा युरिया मलखादसहित ट्रक चालक चितवन टाँडीका बर्ष ५६ को सुनिल दरै र ट्रक धनी चितवनको रत्ननगर १३ का बर्ष ५३ को गोबिन्द भुजेललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा पठाईएको रोतहट प्रहरीले जनाएको छ ।
काला बजारीहरुले किसानको रुपमा केही व्यक्तिहरुलाई परिचालन गरी यूरिया मलखादहरु भारतबाट नेपालको ग्रामिण भागमा रहेको सिमावर्ती नाकाहरुबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राउने र गोप्य स्थानमा जम्मा गरेर गाडीमा लोड गरी अन्यत्र पठाउने गरेको सूचना प्हरीले पाएपछि आकस्मिक रुपमा चेक जाँच गरिएको प्हरीले बताएको छ ।
प्रतिक्रिया