सिरहा । सिराहामा जबरजस्ती करनी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेका छन् । जिल्लाको सिरहा नगरपालिका १४ बस्ने बर्ष २७ को सुमन कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सितहाका सिबोदकुमार मिश्रको क्माण्डमा खटिएकाे प्रहरी टोलीले प्रतीवादी साहलाई जिल्ला सिरहा नगरपालिका वाड न.७ स्थित सिरहा बजारमा लुकिछिपी बस्दै गरेको अबश्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पक्राउ परेका साहलाई सिरहा जिल्ला अदालतमा पेश गरी दिन १० (दश)को म्याद लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा सूचना अधिकारी रबिन्द्र राज पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया