गाउँपालिका अध्यक्ष यादवको पहलमा सरकारी जग्गा फिर्ता

पर्सा । पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले सहरानीय काम गरेका छन् । गाउँपालिका अध्यक्ष यादवले आफ्नो विशेष पहलमा सरकारी जग्गा व्यक्तिको नामबाट फिर्ता गराएका हुन् ।

अध्यक्ष यादव जगरनाथपुर गाउँपालिका– ३ बिजबनियामा वर्षौँदेखि अतिक्रमण गरी व्यक्तिको नाममा राखिएको ३ बिघा १८ कठ्ठा जग्गा नेपाल सरकारको नाममा नामसारी गराउन सफल भएका छन् ।

केही व्यक्तिले पर्साको बिश्रामपुर वडा नम्बर ६ निवासी चन्द्रकली देवीको नाममा २०४५–१–८ गते र अर्का बिश्रामपुर २ निवासी महेन्द्र साह गोढको नाममा संयुक्तरुपमा कित्ता नम्बर ६२ को जग्गा खोला नजिक रहको ३ बिघा १८ कठ्ठा जग्गा आफ्फ्नो नाममा गराएर नेपाल सरकारको जग्गा हडपेकाले अतिक्रमणबाट गाउँपालिका अध्यक्ष यादवले धेरै प्रयास गरेर फिर्ता ल्याएका हुन् ।

२०८०–५–१६ गतेको दर्ता अनुसार बिजबनियामा रहेको जग्गा नेपाल सरकारको नाममा दर्ता भएको गाउँपालिकाका अध्यक्ष यादवले बताए ।

प्रतिक्रिया