लालबन्दी । श्रोत नखुलेको १४ लाख रुपैँयासहित सर्लाहीको लालबन्दीमा एक जना पक्राउ परेका छन् । लालबन्दी नगरपालिका– १४ लखन्देही खोलाबाट सोही ठाउँका वर्ष ४६ का धनबहादुर पाख्रिन श्रोत नखुलेको रकमसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बिहीबार दिउँसो प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले प्रदेश २– ०३ –०११ प ८३५७ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा पाख्रिनले पछाडि भिरेको झोलामा स्रोत नखुलेको नगद १४ लाख १० हजार फेला परेको सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले बताए ।
पाख्रिनले आफूसँग भएको रकमको स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको थारुले बताए । पाख्रिनलाई इलाका प्रहरी कार्यालय लालबन्दीमा राखेर घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
सर्लाही
प्रतिक्रिया