असीमित इच्छाभित्र संसार निर्माण गर्ने ताकत

अब भविष्यमा चामल, मासु र अन्य उपभोग्य वस्तुहरू पनि ल्याबमा बन्न सक्ने अवस्था आउनेछ । कारण वैज्ञानिकहरूलाई तत्व र यौगिकहरूको राम्रो ज्ञान छ । दुई भाग हाइड्रोजन र एक भाग अक्सिजन मिलेर पानी बन्छ भने अरू चीज किन बन्दैन ? मासुमा कुन कुन तत्वहरू हुन्छन् र चामलमा कुन कुन तत्वहरू हुन्छन् भन्ने सम्मको ज्ञान भइसकेको छ ।

कृष्ण बोहरा

मानिसका असीमित इच्छाले समाजमा द्वन्द्व ल्याउने काम पनि गर्दछ । यसलाई नकारात्मक पाटोको रूपमा बुझ्नुपर्छ । धन कमाउनु त बाँच्नका लागि पनि आवश्यक छ । तर, मानिसको लालची प्रवृत्ति यति छ कि जुनसुकै अकर्मण्यता प्रयोग गरेर भए पनि सम्पत्ति जोड्न मानिस लालायित हुन्छ । मानिसको यहि प्रवृत्तिका कारण वर्गीय समाजको जन्म भयो । यही अवस्थाले ल्याएको दुरावस्थाका कारण माक्र्सले छुट्टै दर्शनको आविष्कार गर्नुप¥यो । गरिबको दर्शन वा निर्धनहरूको दर्शनको नामले यो प्रसिद्ध भयो । माक्र्स एंंगेल्सपछि लेनिन र माओ यस दर्शनलाई समयअनुसार अगाडि बढाउने दार्शनिकहरू हुन् । लेनिनले पुँजीवादको साम्राज्यवादी अवस्थाको व्याख्या विश्लेषण गरे । माओले अविकसित देशमा नौलो जनवादको व्याख्या गरे । आजको विश्व त्यो भन्दा पनि अगाडि बढिसकेको छ । पुँजीवादको रूप प्रतिष्पर्दाबाट बदलिएर मेलमिलापपूर्ण र भूमण्डलीकृत पुँजीवादमा रूपान्तरण भएको छ । यस अवस्थाले नयाँ परिस्थितिको निर्माण भएको छ ।

यसबाट नेपालको परिप्रेक्षमा हेर्ने हो भने हिजोका क्रान्तिका नेतृत्वकर्ता परम्परागत राज्यसत्तामा समाहित भइसकेको भान हुन्छ । बहुसंख्यक क्रान्तिकारी पंक्ति अलमलिएको अवस्था छ । यसैले बदलिँदो नयाँ विश्व परिवेसको व्याख्या विश्लेषण गर्न सक्ने माक्र्सवादी दर्शनको नयाँ व्याख्याको आवश्यकता खट्किँदो छ । यसबाट माक्र्सवाद अझ सशक्त र विकसित हुनेछ । सारा अलमल र समस्याहरूको पनि निरुपण हुनेछ भन्ने लागेको छ ।

माथिका भनाइहरूलाई राम्रोसँग विश्लेषण गर्ने हो भने वर्गहरूको उत्पत्ति मानिसको आफ्नै स्वभावका कारण भएको हो । पुँजीवादी वर्ग मानिसको धन कमाउने अनन्त इच्छाको परिणाम हो । पुँजीपतिमा मात्र धन कमाउने इच्छा हुने, गरिब निर्धनमा नहुने भन्ने होइन । वरु धन कमाउने प्रतिष्पर्धामा जजसले सबैलाई उछिने उनीहरू धनी भए भन्ने हो । मानिस पहिले त बाँच्नका लागि संंघर्ष गर्दछ । दोस्रो ऊ अब्बल जीवन जीउनका लागि लागिपर्दछ । तेस्रोमा आफूलाई चाहिनेभन्दा बढी धन थुपार्न ऊ लालायित हुन्छ ।

वर्गहरूको उत्पत्ति हुनु यहि तेस्रो कारण जिम्मेवार छ । यो मानवीय प्रवृत्ति हो । मानवीय यही कारणले तल्लो वर्ग माथिल्लो वर्गमा रूपान्तरण भएका उदाहरणहरू छन् । हिजो राजा महाराजाहरूलाई मात्र एकोहोरो दोष थोपर्दै आन्दोलनको जेहाद छोड्ने नेतृत्वकर्ता नेताहरू आज राजा महाराज जस्तै आलिसान जीवन जीउने तहमा पुगेका छन् । गाडीबाट ओर्लदा छुट्टै ढोका खोल्ने मानिस उनीहरूलाई आवश्यक पर्दछ । चप्पल लगाएर राजनीतिमा छिरेका नेताहरूले जुत्ता मात्र फेरेनन्, अथाह धन र आलिसाल बंंगालाका मालिकसम्म भए । यसैले वर्गहरूको उत्पत्तिको मुख्य कारण मानिसमा भएको अनन्त इच्छा, कहिल्यै नअघाउने भोक वा असीमित चाहनाभित्र खोज्नुपर्छ । यसपछि मात्र माक्र्सले भनेजस्तो साम्यवाद संंंंंंसारमा आउन सम्भव छ वा छैन भन्ने कुराको निक्र्यौल गर्न सकिन्छ ।

सोभियत संंंघ, पूर्वी युरोप र संंंंसारका धेरै देशहरूमा उहिल्यै कम्युनिज्म आइसकेको हो तर त्यहाँको समाजवादी सत्ताहरू गल्र्यामगुर्लुम ढल्यो । यसो हुनुको कारण हिजो क्रान्ति गरेर सत्तामा पुगेका नेताहरू सत्ताबाट कहिल्यै तल ओर्लन चाहेनन् । जन चाहनाको पनि उनीहरूबाट सम्बोधन भएन । सबै सम्पत्ति राज्यको नाममा भएर के भो ? सत्तामा बस्ने शासक र निरीह तलका जनता कामदारको रूपमा शासित भएपछि ! शासकहरू मालिकजस्ता शासितहरू नोकरजस्ता भएपछि के अर्थ भयो । जबकी माक्र्सले साम्यवादमा कुनै पनि किसिमको सत्ताकै आवश्यकता पर्दैन भनेका थिए । हाम्रो देशका शीर्ष नेताहरूको चरित्र पनि हुबहु त्यस्तै देखिन्छ, उनीहरू पनि पदबाट कहिल्यै तल ओर्लन चाहँदैनन । नमरुन्जेल अनन्त समय राज गर्ने उनीहरूको इच्छा छ । गिरिजाप्रसाद कोइरालाले पनि मरेपछि मात्र राजनीति छोडेका हुन् । आज भएका शीर्ष नेताहरू पनि उनकै फलोयरहरू त हुन् ।
हुन त मानवीय इच्छाको अनन्तता नभएको भए संंंंंसार आजको रूपमा आउने पनि थिएन । ढुंगे युगका मानिसले सिकार खेल्दा प्रयोग गर्ने ढुंगाका र काठका झट्टीकै आधुनिक रूप बन्दुक, मेसिन गन र क्षेप्यास्त्रहरू हुन् । पैदल हिँड्दा ढिलो हुने भएकाले साइकल, मोटरसाइकल, मोटर, रेल, रोपवे, पोडवे, हवाइजहाज र रकेट सम्मको आविष्कार भयो । खेती गर्न सजिलोका लागि मिनी टिलर, टिलर, रोप्ने, गोड्ने झार्ने मेसिन आदि अनेक बने । आजको समयमा रोबोर्टको पनि आविष्कार भइसकेकाले कुनै पनि काम सजिलोसँग गर्नसक्ने अवस्था छ । प्रविधिको नयाँनयाँ आविष्कारले माक्र्सले भन्ने गरेको उत्पादक शक्ति मजदुरलाई पनि कामबाट आजकल संंंंंसारबाटै बिस्थापित गरिसकेको छ । अब उहिलेजस्तो मजदुर आन्दोलन हुनसक्ने अवस्थाको अन्त्य भएको छ । अब उत्पादक शक्तिको रूपमा विज्ञान र प्रविधि अगाडि आइसकेको छ । यसैले क्रान्तिको कार्यक्रमको रूपमा विकसित देशहरूमा हुने मजदुर केन्द्रित आन्दोलन हुन नसक्ने भएको छ । माओले भनेजस्तो नौलो जनवादी क्रान्तिको अवस्थासमेत छैन । भूमण्डलीकृत पुँजीवादले माथिका सबै अवस्था विस्थापित गरेको छ । यसको अर्थ पुँजीवादीहरू पहिलेजस्तो प्रतिष्पर्धी छैनन् । लडाइँ झगडा गर्ने अवस्थामा छैनन् । बरु मिलेर काम गर्छन् । सिन्डिकेट, कार्टेल र निगमको रूपमा उनीहरू हातेमालो गरी अगाडि बढिरहेका छन् । बहुराष्ट्रिय निगम एउटा गतिलो उदाहरण हो । यसले सियोदेखि रकेटसम्मको उत्पादन गर्छ । संंसारभरिको पुँजी एकीकृत गर्ने काममा यो अग्रपंक्तिमा छ । माओले प्राथमिकता दिएको राष्ट्रिय पुँजीपती वर्गको अस्तित्व लोप भई नै सक्यो । जुन नौलो जनवादी कार्यक्रमको मुख्य मित्र शक्ति हो । यसैले माक्र्सवादको नयाँ व्याख्या खट्किँदो अवस्थामा छ । पुराना व्याख्याको धरातल कमजोर भई मक्किइसकेको अवस्था छ ।

यसरी संसारको परिस्थितिमा आकास जमिनको परिवर्तन आएको छ । यसरी परिवर्तन आउनु मानवीय इच्छा, चाहनाको अनन्तता हो । यही मानवीय चाहनाको अनन्तताका कारण संसारको विकासले आकास चुमेको छ । विज्ञान र प्रविधिले फड्को मारेको छ । न्युटनको युग अलिकति स्थुल युग थियो । अथवा आँखाले देख्न सक्ने कुराहरूको मात्र यसले व्याख्या विश्लेषण गथ्र्याे । अहिले आइन्सटाइनको युग सुरु भयो । यसले सूक्ष्मभन्दा सूक्ष्म कुराहरूको पनि व्याख्या विश्लेषण गर्न थाल्यो । जसबाट संसारको विकासमा नौला आयामहरू थपिँदै जान थालेको छ ।

अब भविष्यमा चामल, मासु र अन्य उपभोग्य वस्तुहरू पनि ल्याबमा बन्न सक्ने अवस्था आउनेछ । कारण वैज्ञानिकहरूलाई तत्व र यौगिकहरूको राम्रो ज्ञान छ । दुई भाग हाइड्रोजन र एक भाग अक्सिजन मिलेर पानी बन्छ भने अरू चीज किन बन्दैन ? मासुमा कुन कुन तत्वहरू हुन्छन् र चामलमा कुन कुन तत्वहरू हुन्छन् भन्ने सम्मको ज्ञान भइसकेको छ ।

मानवीय इच्छाहरू अनन्त छन् । यस्ता इच्छाहरूले समाजमा सकारात्मक र नकारात्मक दुवै भूमिकाहरू खेल्छन् । आफूलाई चाहिनेभन्दा बढी धन थुपार्ने चाहना र इच्छाले नकारात्मक भूमिका खेल्छ । जसको कारण समाजका कुनै सदस्य भोकै पर्न सक्छ । बाँच्नका लागि संघर्ष गर्ने समाजका सदस्यहरू उनीहरूकै अत्यधिक बढी चाहनाको सिकार भएका हुन् भन्न सकिन्छ । वास्तवमा श्रम सम्पत्ति र सत्ताको सन्तुलन भएमा समाजमा कुनै पनि व्यवधान आउने थिएन । यी तीन कुराको सन्तुलन संसारको कुनै पनि देशमा भएको देखिँदैन ।

यसरी अनन्त इच्छा चाहना राख्ने भएका कारण मानिसहरू बारबार लक्षमा पुग्ने प्रयत्न गरिरहन्छन् । कोही सफल हुन्छन् कोही सफल हँुदैनन । जति इच्छा र चाहनाहरूको प्रवलता हुन्छ त्यति नै लक्ष्यमा पुग्ने कुराको ग्यारेन्टी हुन्छ । थोमस एल्वा एडिसनले हजारचोटी प्रयत्न गर्दा बिजुलीको बल्बको आविष्कार गरी छोडे । तपाईं कल्पना गर्न सक्नुहुन्छ, बिजुली बल्ब आविष्कार हुनुअघि संसार कस्तो थियो होला ? यसैको सम्बन्धमा एउटा रमाइलो कुरो छ । एकदिन उनको सम्मानमा एउटा कार्यक्रमको आयोजना भयो । उद्घोषकले सम्बोधन गर्दै भने, ‘अब आउँदै हुनुहुन्छ ९ सय ९९ पटक असफल भई हजारपटकमा सफलता चुम्ने बिजुली बल्बका आविष्कारक थोमस एल्वा एडिसन ।’ थोमस एल्वा एडिसनले निर्धक्क भइ भने, ‘म असफल होइन प्रत्येकपटक सफल नै हुँ । किनकी प्रत्येकपटक मैले नयाँ ज्ञान हासिल गरिरहेको थिएँ ।’ कुरा सही पनि हो किनकी ९ सय ९९ पटक प्रयोग नगरेको भए सफलता चुम्ने अन्तिमपटक आउने नै थिएन ।

समाजका कोही पनि असफल भन्ने हुँदैन । वैज्ञानिक आविष्कारका मात्र कुरा होइन । जेसुकै प्रयत्न र प्रयासहरू पनि नयाँका लागि जग हो, आधार हो । लिथो मेसिन, टाइपराइटर, कम्प्युटर र एडभान्स कम्युटर सबै सफल नै हुन् । आफ्नो समयमा सबै यस्ता साधनहरू मानिसका काममा सहायक सिद्ध भएका थिए । बन्दुकको आविष्कार हुनुभन्दा अघि ढुंगाका झट्टी प्रयोग गरेर पनि मानिसले सिकार गरी खाएकै थिए । न्युटन युगका आविष्कारहरूले नै आइन्स्टाइनका आविष्कारहरूका लागि ढोका खुल्ला गरेको हो । यसैले हामीले हरेक सफलताहरूलाई सापेक्ष रूपमा बुझ्नुपर्ने हुन्छ ।

प्रतिक्रिया