भारतमा सडक दुर्घटनामा १५ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको मध्य प्रदेश राज्यमा बिहीबार भएको दुर्घटनामा परी पाँच महिलासहित कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा २० जना घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएको छ ।

मध्य प्रदेशअन्तर्गत मण्डला जिल्ला बिछिया इलाकामा गाडी अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो । घाइतेमध्ये केहीलाई उपचारका निम्ति स्थानीय अस्पतालमा भर्ना गरिएको छ । केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।

पीडित सोही गाउँका हुन् । उनीहरू नजिकैको ठाउँमा आयोजित विवाहपूर्वको समारोहबाट फर्किरहेका थिए ।

राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी र अरू वरिष्ठ नेताहरूले यस दुर्घटनामा मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया