हिरोको आफ्टर सेल्स सर्भिस

काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिजी मोटर्सले आफ्टर सेल्स सर्भिस सेवा सुरु गरेको छ । हिरोका उपभोक्ताहरूले आफ्टर सेल्स सर्भिसमा समस्या ब्यहोर्नु परेको थियो । अब सीजी मोटर्स हिरोको आधिकारिक विक्रेता तोकिएपछि यो अन्योलबाट उपभोक्ताले मुक्ति पाउने उल्लेख छ ।

सिजी मोटर्सले आफ्ना उपभोक्तालाई विश्वस्तरीय सेवा दिने बताएको छ । ‘हामीले उपभोक्तालाई खाली मोटरसाइकल र स्कुटर बिक्रीमात्र गर्दैनौं, ग्राहक पूर्ण सन्तुष्टी हुने गरी आफ्टर सेल्स सर्भिस पनि दिने छौं’ सिजी मोटर्सले भनेको छ, ‘हामीले हिरोको सेल्स, सर्भिस र स्पेयर्स पार्टस (थ्रि एस) सेवालाई सर्वोत्कृष्ट बनाउनेछौँ । अबदेखि पार्टपुर्जा नपाएर उपभोक्ताले हैरानी पाउने अवस्था रहनेछैन ।’

सीजी मोटर्सका सेल्स एण्ड अपरेशनका महाप्रबन्धक प्रकाश देवकोटाले सुपथ मूल्यमा पार्टपुर्जाको सहज उपलब्धता र आफ्टर सेल्स सर्भिस बलियो नभएसम्म मार्केट लिडर बन्न सकिदैन भन्दै ग्राहकलाई सन्तुष्ट बनाउनु आफ्नो जिम्मेवारी भएको बताए ।

प्रतिक्रिया