अनिवार्य गाइड नीति र हराइरहने विदेशी पर्यटक

व्यक्तिगत सुरक्षाका लागि पनि ‘एक पर्यटक, एक नेपाली’को नीतिलाई व्यवहारमा कडाइका साथ लागू गर्नुपर्ने देखिन्छ । यसो किन गर्ने ? किनकी नेपालको भूगोल पर्यटकका लागि अनुकूल नभएर प्रतिकूल नै छ । त्यसैले उनीहरूले अलिकति बढी खर्च गर्दा सुरक्षित हुन्छन् भने थोरै खर्च बढाउन किन कन्जुस्याइँ गर्ने ? यसो गर्दा पदयात्रा गाइडहरू जो दक्षता हासिल गरेर पनि बेरोजगार भएर बसेका छन्, उनीहरूले रोजगारी पाउने कुरो पनि जोडिएको छ ।

निनाम लोवात्ती

नेपालमा पर्वतारोहण, पदयात्रा र जलयात्राको सिजन आउँदै छ । तैपनि नेपाली पर्यटनका सम्बन्धमा भन्नुपर्दा नेपालको भौगोलिक स्थितिको अप्ठ्यारोपन र हामी नेपालीहरूमध्ये जो कोही एक जनाले भए पनि रोजगारी पनि पाऊन् भन्ने आशयले यो पंक्तिकारले विगत लामो समयदेखि नेपालमा ‘एक विदेशी पर्यटक र नेपाली’ को नीति गाइड वा भरिया लानैपर्नै व्यवस्था गर्नुपर्ने भनी लेखहरू लेख्दै, वकालत गर्दै आएको, थियो, हो । तर नेपाल सरकारले भने गत वर्ष मात्रै यो नीतिलाई आत्मसाथ गरेर व्यवहारमा लागू गर्न सुरु ग¥यो । तर, यो नीतिलाई नेपाल घुम्न आउने विदेशी पर्यटकहरूले धोती लगाइदिएका छन् ।

फलतः गएको पुस दोस्रो सातातिर अन्नपूर्ण–माछापुच्छे« क्षेत्रको मर्दी हिमालको हाइक्याम्प जाने क्रममा स्विडेनबाट नेपाल घुम्न आएका पर्यटक मिसेल हराई हराएको समाचार भन्ने विभिन्न अनलाइन न्युज पोर्टल तथा पत्रपत्रिकामा आएको थियो । तर, हालसम्म उनी भेटिए, नभेटिएको समाचार भने आएको छैन । स्मरणीय कुरो के छ भने यसै वर्षदेखि नेपालमा विदेशी पर्यटक आगमन दरमा संख्यात्मक ढंगले बढोत्तरी पनि सुरु भएको छ । अर्थात् सन् २०१९ को अवस्थामा नेपाली पर्यटनको आगमन दर र गतिविधिहरू पुग्नका लागि लगभग १५ प्रतिशत मात्रै बाँकी रहेको छ ।

नेपालमा मुख्यतयाः चार प्रकारको मौसम रहेको छ । सबै मौसममा नेपाल विदेशी पर्यटक आउने गरेको भए तापनि फागुन–चैत–बैसाख र असोज–कात्तिक–मंसिर महिनामा अलि बढी विदेशी पर्यटकहरू पदयात्रा, जलयात्रा र पर्वतारोहण गर्न आउने गरेका छन् । मंसिर अन्तिमदेखि फागुनको मध्यसम्म बढी नै जाडो हुने हुनाले गर्दा सो समयमा नेपालमा पदयात्रा, जलयात्रा र पर्वतारोहण गर्नका लागि विदेशी पर्यटक खासै आउँदैनन् । त्यस्तै जेठ महिनाको अन्तिमदेखि भदौको मध्यसम्म बढी नै वर्षात् हुने भएकोले सो समयमा पनि नेपालमा पदयात्रा, जलयात्रा र पर्वतारोहण गर्नका लागि विदेशी पर्यटकहरू आउँदैनन् । यसरी हेर्दा अति जाडो र अति गर्मीको सिजनमा नेपालमा बिदा मनाउने, मनोरञ्जन गर्ने, छोटा यात्रामा निक्लने खाले विदेशी पर्यटकहरू आउने गरेका छन् । जेठको अन्तिमदेखि भदौको मध्यसम्म माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा क्षेत्र, गोरखाको चुम उपत्यका, मनाङको नार र फु गाउँ हुँदै मुस्ताङ निक्लने त्यस्तै गरेर ताप्लेजुङको कञ्चनजंघा क्षेत्र, मुगुको रारा, हुम्लाको लिमी, दार्चुलाको अपि, व्यास आदि उच्च हिमाली भेगमा पनि थोरै संख्यामा विदेशी पर्यटकहरू पदयात्रामा जाने गरेका छन् । यो लेखचाहिँ नेपाल घुम्न आएर हराएका विदेशी पर्यटकका बारेमा लेखिएको हो ।

नेपालमा घुम्न आएर हराएका विदेशी पर्यटकका सम्बन्धमा भन्नुपर्दा २०३७ चैतमा गोरखापत्र दैनिकमा सूचना प्रकाशित भएको देखिन्छ । सो वेला गोरखापत्र दैनिकमा प्रकाशित एक सूचनाअनुसार तत्कालीन पश्चिम जर्मनीका पर्यटक जोडीद्वय ओल्फगाग र हेनरिक सोही सालको कात्तिक महिनामा कास्कीको पोखरा–जोमसोम–साल्दाङ–छर्काभोट–दुनै–ढोरपाटन–पोखरा निक्लने यात्रा तय गरी गएका थिए । तर, उनीहरू सात महिना बितिसक्दा पनि सम्पर्कमा नआएपछि पश्चिम जर्मनीका पर्यटक जोडीद्वय ओल्फगाग–हेनरिकको खोजी कार्य सुरु भयो । त्यसरी खोजी गर्दै जाँदा डोल्पा जिल्लाको माथिल्लो भेगको छर्का गाउँमा उनीहरू मृत अवस्था (ओढारमा लास भेटिएको) मा भेटिएका थिए । त्यो बेला स्थानीय केही व्यक्तिहरूले उनीहरूसँग भएको पैसा र सर–सामानको लोभमा हत्या गरेको पत्ता लागेको थियो ।

तर अचम्म के भने, तत्कालीन श्री ५ को सरकारले माथिल्लो डोल्पामा विदेशी नागरिकहरूलाई भ्रमण गर्न बन्देज लगाएको अवस्था थियो, त्यो वेला । जबकि ओल्फगागचाहिँ त्यसअघि पनि उक्त क्षेत्रको भ्रमणमा गइसकेका थिए । सो समाचार ती दुईकोे लास भेटिएपछि गोरखापत्र दैनिकमै २०३८ वैशाख १८ गते प्रकाशित अर्को समाचारमा जनाइएको छ ।

यसरी नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरू हराएका पर्यटकको कुरो गर्दा २०६० सालमा पनि एक बेलायती पर्यटक हराएका थिए । उनी श्रीलंकाली मूलका बेलायती पर्यटक एलेक्स रत्नासोती थिए । एलेक्स दोलखाको जिरी हुँदै सोलुखुम्बु जाने क्रममा खरिखोलामा लुटिएपछि अरुण–भ्यालीतर्पm लागेका थिए, लामो समयसम्म उनी सम्पर्कमा नआएपछि उनकी दिदी एना बेलायतबाट नेपाल आई खोजी कार्यमा लागेकी थिइन । तर उनी भेटिए–नभेटिएको बारेमा कतै समाचार छापिएन । अभैm पनि उनी भेटिएका छैनन् । त्यस्तै गरेर नेपालको केन्द्रीय राजधानी काठमाडांैको मुटुमै रहेको रानीवनमा पनि २०६२ सालमा फ्रेन्च र जर्मन महिलाद्वय सेलिन र ग्रुन्ची महिनौँसम्म हराएका थिए । पे्रmन्च राजदूतावासले खोजी गर्दा सेलिनको ब्रा र स्वेटर रगतले लतपतिएको अवस्थामा भेटिएको थियो । उता ग्रुन्चीको खोजीका लागि पनि उनका केटा साथी र बहिनी जर्मनीबाट नेपाल आएका थिए । केही समयपछि जर्मन महिलाको पनि उही हालतमा कंकाल मात्रै भेटिएको थियो ।

यसरी नेपाल घुम्न आएका विदेशी पर्यटक हराएको कुरो गर्दा २०६४ भदौमा पनि पोखराको ड्याम साइडबाट एक जना जापानिज पर्यटक हराएका थिए । त्यसरी नेपाल घुम्न आएका आप्mना छोरो हराएपछि उनका बुबा पनि जापानबाट छोरोको खोजीमा आएका थिए । ती जापानिजले आप्mनो छोरोको सास वा लासको लागि एक लाख पुरस्कार दिने घोषणा पनि गरेका थिए । तर, ती हराएका जापानिज पर्यटक भेटिए–नभेटिएको अत्तोपत्तो भएन । उता सन् २०१२ को अक्टोबर सिजनमा अन्नपूर्ण क्षेत्रको तिलिचो हिमाल गएका इरानी पर्यटक डाक्टर वाहिद बाहेलो पनि हराए । सो सिजनमा उनको लास नभए पनि कपडा, जुत्ता अथवा कुनै पनि चिह्न भेट्टाउने वा देख्नेले खबर गरेमा तीन हजार अमेरिकी डलर पुरस्कार दिने भन्दै उनकी श्रीमती साजिदा हमार्दीले म्याग्दीभन्दा माथिको क्षेत्रमा ठाउँठाउँमा आप्mनो श्रीमानको फोटोसहितको पर्चा बाँड्दै–टाँस्दै हिँडेकी थिइन् । तर, त्यसरी खोजी कार्यका लागि लागीपरेकी साजिदा हमार्दीले अन्तमा रित्तो हात नै फर्किनुपरेको थियो ।

त्यस्तै सन् २०१६ को नोभेम्बरमा लाङटाङ क्षेत्रमा घुम्न गएका दुई विदेशी (एक कोरियन र एक डच–नेदरल्यान्डका) पर्यटक पनि हराएका थिए । उनीहरू पनि भेटिएको, नभेटिएको अत्तोपत्तो भएन । सन् २०१७ मा पनि रुवी भ्याली (गणेश हिमाल क्षेत्र) मा आपूmखुसी (गाइड वा भरिया नलगी) घुम्न गएका दुई जना ताइवानी जोडीमध्ये एक जना (महिला) बाटोमा चिप्लिएर खसेपछि धेरै दिनको भोक र तिर्खाले मरे भनेका पुरुषलाई एक महिनापछि मर्नु न बाँच्नुको हालतमा उद्धार गरिएको थियो ।

यसरी नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरू कति हराए, हराएका मध्ये कति भेटिए ? यकिन तथ्यांक नै नभए तापनि अहिलेसम्म सयौँ विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आएर नेपालमै विलीन भएका छन्, हराएका छन् । नेपाल घुम्न आउने विदेशी पर्यटकहरू थर्ड–क्लासका अथवा भनौँ ‘ब्याग–प्याकर’हरू बढी संख्यामा रहेका छन् । त्यसो भए तापनि उनीहरूको व्यक्तिगत सुरक्षाका लागि पनि ‘एक पर्यटक, एक नेपाली’को नीतिलाई व्यवहारमा कडाइका साथ लागू गर्नुपर्ने देखिन्छ । यसो किन गर्ने ? किनकि नेपालको भूगोल पर्यटकका लागि अनुकूल नभएर प्रतिकूल नै छ । त्यसैले उनीहरूले अलिकति बढी खर्च गर्दा सुरक्षित हुन्छन् भने थोरै खर्च बढाउन किन कन्जुस्याइँ गर्ने ? यसो गर्दा पदयात्रा गाइडहरू जो दक्षता हासिल गरेर पनि बेरोजगार भएर बसेका छन्, उनीहरूले रोजगारी पाउने कुरो पनि जोडिएको छ । भनिन्छ, भुटान र चीनले बिनागाइड विदेशी पर्यटक हिँड्न नपाउने नीति–नियम सफलतापूर्वक लागू गरेका छन् ।

प्रतिक्रिया