(सिद्रा) माछासहित पिकअप बारा प्रहरीको नियन्त्रणमा

बारा । बारा प्रहरीले १ लाख ६० हजार मूल्य बराबरको (सिद्रा) माछासहित एक पिकअप नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटेको प्रहरी टोलीले बर्दिबासबाट नवलपरासीतर्फ जाँदै गरेको ज १ च १५३९ नम्बरको पिकअप चेकजाँच गर्ने क्रममा प्रहरीले पथलैयाबाट नियन्त्रणमा लिएको जनाएको छ ।

उक्त पिकअप गाडीलाई रोकेर चेकजाँच गर्दा बिल भरपाई भन्दा बढी श्रोत खुलाउन नसकेको अन्दाजी १ लाख ६० हजार मूल्य बराबरको (सिद्रा) माछासहित पिकअप नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले बताए । पिकअपलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय पथलैयामा बुझाइएको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया