नेपाल उद्योग व्यवसायी महासंघ फिदिमको अध्यक्षमा नेम्वाङ

पाँचथर । जिल्लाको फिदिम नगरपालिकामा नेपाल उद्योग तथा व्यवसायी महासंघ नगर अध्यक्षमा हिमाल नेम्वाङ निर्वाचित भएका छन् । प्रथम अनगर धिवेशनबाट नेम्वाङसहित २१ सदस्य नगर कमिटी गठन गरिएको छ ।

नेम्वाङको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिमा उपाध्यक्षमा नरप्रसाद राई, सितादेवी ठटाल, सचिवमा ऋतुवर्ण तुम्वापो, उपसचिवमा राजकुमार राई, होम मगर, कोषाध्यक्षमा सुस्मिता संकर लगायत २१ सदस्य सर्वसहमतिले नगर कमिटी गठन भएको जनाइएको छ ।

उक्त प्रथम अधिवेशन महासंघका केन्द्रीय सदस्य चन्द्रप्रसाद काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । अधिवेशनमा जिल्ला, नगर, जनवर्गीय संगठनका एमाले कार्यकर्ताहरुले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया