ब्रोइलर कुखुरा पालन व्यवस्थापनसम्बन्धी एकदिने तालिम

सप्तरी । बोदे बर्साइन नगरभरीका कुखुरा पालक व्यवसायी किसानलाई ब्रोईलर कुखुरा पालन तथा व्यवस्थापनसम्बन्धी एकदिने आधारभूत ज्ञान एवं प्रविधिको बारेमा तालिम सम्पन्न भएको छ ।

कुखुरा पालकहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहे पनि आधारभूत ज्ञान र प्रविधीका विषयमा तालिम र अभिमूखीकरण नभइरहेको अवस्थामा एशियन फिडस प्रालिको आयोजनामा अंकूर पेलेट दाना, कुखुरा व्यवसायी सघं बोदे बर्साइनको सहकार्यमा तालिम दिएको हो ।

बुधबार भएको एकदिने तालिममा नगरभरीका सयौँभन्दा बढी व्यवसायीक किसानहरुको सहभागिता रहेको थियो । सो तालिम निजि क्षेत्रबाट हालसम्मकै बृहत तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

कुखुराको उचित व्यवस्थापन गर्न नसक्दा तथा भारतबाट अवैध रुपमा प्रहरी प्रशासनको मिलोमतोमा ओसारपसार हुँदा लाखौँको नोक्सानी ब्यहोर्नु परेको गुनासो आइरहेका बेला प्रदान गरिएको तालिमले किसानलाई ठूलो लाभ मिलेको कुखुरा व्यवसायीका किसान कामेश्वर यादवले बताए ।

बोदे बर्साइन नगरपालिकाका डिलर ओम जेपी ट्रेडर्सका संस्थापक जगबिर यादवको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि एशियन फिड्स प्रालिका महाप्रबन्धक तोयानाथ घिमिरे, बोदे बर्साइन नगरपालिका– ९ का अध्यक्ष तपसी यादव, अतिथि पप्पु यादव, भुवन यादव, इलाका प्रहरी कार्यालय बोदे बर्साइनका प्र. स निरीक्षक रमन जी यादव साथै कार्यक्रममा उपस्थित प्रशिक्षक डा योगेश्वर मिश्रा, डा रबिन राई, डा अजय ओझाले बजार व्यवस्थापनको साथै यस कम्पनीको बारेमा प्रोजेक्टरको माध्यमबाट कुखुरा व्यवस्थापन कसरी गर्ने बारेमा प्रष्ट पारेका थिए भने सुजन थापा, बजार प्राविधिक काशेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाषक डा. रबिन राईले निजी क्षेत्रबाट जिल्लाभरीका कुखुरापालक किसानहरु लाभान्वित हुने गरी आयोजित तालिमले व्यवसायीक प्रगति गर्न सघाउने विश्वास व्यक्त गरे ।

तालिममा कुखुराको खोर निर्माण, तापक्रम व्यवस्थापन, भ्याक्सिनको सही प्रयोग, खुवाउनुपर्ने दानाको मात्रा, रोग र उपचारलगायतका विषयमा अवगत गराइएको आयोजक एशियन फिड्स प्रालिका डा. योगेश्वर मिश्राले जानकारी दिए ।

एसशयन फिड्स प्रालिका महाप्रबन्धक तोयानाथ घिमिरेले यो कम्पनी नेपाल सरकारबाट मान्यता प्राप्त तथा कम्पनीले नेपालभरमा विभिन्न ठाउँमा व्यवस्थापन तथा डिलर राखेको उनले बताए । समयमा आफूले उद्योगी किसानलाई विभिन्न सुविधा तथा परीक्षणहरु गराउने उनले बताए ।

प्रतिक्रिया