फिदिम नगरपालिकाभित्र सामुदायिक विद्यालयमा सिसि क्यामेरा जडान

पाँचथर । जिल्लाको फिदिम नगरपालिकाभित्र सामुदायिक २० विद्यालयहरुमा निगरानी र परीक्षणलाई तीव्रता दिन सिसि क्यामेरा जडान गरिएको छ ।

शिक्षालाई गुणस्तर, प्रभावकारी, निरिक्षण गर्न सिसि क्यामेरा जडान गरिएको हो । उक्त क्यामराको निगरानी र अनुगमन शिक्षा शाखाबाट हुने उद्घाटन समारोहमा नगरप्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए ।

सोही क्रममा उपप्रमुख राधाकृष्ण न्यौपानेले बालबालिकाहरुलाई तातोपानी पिउने व्यवस्था र विद्यालयको भौतिक संरचना नगरपालिकाले गरिरहेको बताए । नगरपालिकाको ८०–८१ को बिनियोजन बजेट करिब आठ लाख ८५ हजार रकमबाट जडान गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया