समृद्धि फाइनान्सको तीन शाखाद्धारा रक्तदान

काठमाडौं । समृद्धि फाइनान्सले संस्थागत सामाजिक उक्तरदायित्व अन्र्तगत शाखा कार्यालय पुतलीसडक, नारायणगढ र बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै आयोजना गरिएको उक्त कार्यक्रम बुटवलको रक्त सञ्चार सेवा केन्द्रमा, नारायणगढ शाखाको प्रांगणमा र पुतलीसडकबाट शंकरदेव क्याम्पस अगाडी ट्याक्सी स्ट्याण्डमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बुटवलबाट ३८, नारायणगढबाट ४३ र पुतलीसडकबाट ५० गरी जम्मा १३१ युनिट रक्त संकलन भएको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक महिनाको लागि फरक फरक कार्यक्रम तय गरिएकोमा फागुन महिनाको लागि रक्तदान कार्यक्रम सम्पन्न गर्नुको साथै आउने महिनाको लागि विभिन्न मितिमा अन्य कार्यक्रम आयोजना गर्ने तालिका रहेको कम्पनीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको यो कम्पनीले हाल आठ वटा शाखामार्फत कारोबार गर्दै आएको छ भने आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटेन्स, क्लियरिंग लगायतका बैंकिंग र मोवाइल बैंकिग डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया