धोविनीमा दादुरा रुबेला खोप अभियान अभिमुखीकरण सम्पन्न

पर्सा । जिल्लाको धोबिनी गाउँपालिकामा दादुरा–रुबेला खोप अभियान २०८०÷८१ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममामा स्वास्थ्य प्रमुख संजय यादवले दादुरा–रुबेला खोप अभियान कार्यक्रमबारे जानकारी गराएका थिए । दादुरा–रुबेला खोप नौ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई लगाउन सकिन्छ ।
उनले नौ महिनादेखि पाँच वर्ष मुनिका डिपिटी, बिसिजी र पिसिभी खोप लिन छुटेका बालबालिकालाई दिन मिल्ने बताए । दादुरा–रुबेला खोप धोबिन गाउँपालिकाभरी फागुन १३ गतेदेखि नौ दिनसम्म सञ्चालन हुनेछ ।

अभिमुखीकरण कार्यक्रम वडाअध्यक्ष अबास मियाँको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडासदस्य कमल ठाकुर, मदन फौदार, कार्यपालिका सदस्य, स्वास्थ्य सहसंयोजक श्री राम यादव, सचिव प्रदीप पटेल, स्वास्थ्यचौकी लंगडीका प्रमुख मन्नु पटेल, जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया