सशास्त्र प्रहरी पर्साद्वारा भन्सार छलीको औषधी बारमद

वीरगञ्ज । सशास्त्र प्रहरी पर्सा ले भन्सार छलीको औषधी बारमद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं १० स्थित अलखिया मठ नजिकै मेनरोडबाट पक्राउ गरिएको हो । बिओपि सिर्सियाबाट खटिएको गाडि मोबाईल टोलीलाई देख्नासाथ अवैध रुपमा भंसार छली भारतबाट BR22M9109 नं. को भारतीय मोटरसाइकलमा लोड गरि नेपालतर्फ ल्याउँदै गरेको मल्टी भिटामिन औषधी २००एमएलको १४४ बट्टा Nutridex Multivitamin Syrup) को रु. ४१ हजार ७७२ र मोटरसाइकल २ लाख ५० हजार गरि करिब २ लाख ९१ हजार ४७२ रूपैयाँ बराबरको मोटरसाइकल र औषधी छाडेर व्यक्ति भागेका थिए ।

उक्त मोटरससइकल र औषधी नियन्त्रणमा लिई आवस्यक कारबाही को लागि वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नं १३ गण पर्साका प्रवक्ता तथा सूचना अधिकारी संगम श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया