आठबिसकोट । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकामा एक बालिकाको आगोमा जलेर मृत्यु भएको छ । आइतबार बारेकोट गाउँपालिका– ९ खारीगाउँका स्थानीय गोपाल जैसीकी १७ महिनाकी छोरी नतासाको जलेर मृत्यु भएको हो ।
खाना पकाउने कोठामा सुतेकी उनी एक्कासी चुल्होमा परेर गम्भीर घाइते भएकी थिइन् । उनको रुकुम पश्चिमस्थित मिसन अस्पताल चौरजहारीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी सन्तोषकुमार रोकाका अनुसार घरमा कोही नभएको बेला उनी ओछ्यानबाट चुल्होमा परेकी थिइन् ।
रुकुम पश्चिम
प्रतिक्रिया