पोखरिया नगरपालिकाका ७० जना एकल महिलालाई सम्मान

पर्सा । पर्साको पोखरिया नगरपालिकामा रहेका ७० जना एकल महिलालाई नगरपालिकाले सम्मान गरेको छ । वडा नम्बर ७ मा रहेको श्री पदम महुबनी मावि रानीगञ्जमा नगरपालिकाको वडा नम्बर १ देखि १० सम्म रहेका ७० जना एकल महिलालाई नगर पालिकाको नगरस्तरीय उपप्रमुखको बजेटबाट एक कार्यक्रमबीच सम्मान गरिएको छ ।
सम्मान कार्यक्रममा बोल्दै उपप्रमुख ठाकुरले आफू महिला भएर महिलाहरुको पीडा बुझ्दै महिलाहरुलाई विषेश प्रथमिकता दियको बताइन् ।

सम्मान कार्यक्रम प्रधानाध्यापक शंकर प्रसाद रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख रुबी कुमारी ठाकुर, अतिथि वडा नम्बर ५ का वडा अध्यक्ष महेन्द्र महतो चाई, दिपक ठाकुर, सहसचिव भगवान साह कानू, ललन पटेल शिक्षक तथा समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया