सिरहाको गोलबजारमा निःशुल्क ३ महिने सिलाई कटाई तालिम शुरु

सिरहा । सिरहाको गोलबजार नगरपालिका -४ मा निःशुल्क सिलाई कटाई तालिम शुरु भएको छ ।
हेल्पिङ हर्ट्को आयोजनामा वडाका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्य ले तीन महिने निःशुल्क सिलाई कटाई तालिम शुरु गरेको हो ।

तालिममा हेल्पिङ हर्टका महासचिव मेराज खानको अगुवाइमा ४० जना महिलाहरुले सेवा लिइरहेको छ ।
खानले सिलाई कटाई जीवनोपयोगी सीप भएको चर्चा गर्दै उनले सिलाई कटाई सिकेपछि आफ्नो र घरको लुगा समेत आफैंले सिलाउन सकिने बताएका छन ।

महासचिव खानले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न सबै सिकारुलाई आग्रह समेत गरेका छन् । गोलबजार -४ स्थित हेल्पिङ हर्टले पछिलो समयमा विभिन्न किसिमका उदाहरणीय काम गर्दै आइरहेका छ्न।

प्रतिक्रिया