सिरहामा लागुऔषधसहित एक जना पक्राउ

सिरहा । प्रहरीले सिरहामा लागुऔषधसहित एक जनालाई पक्राउ गरेका छ्न् । पक्राउ पर्नेमा लहान नगरपालिका– २१ बस्ने वर्ष २३ का सोनु कुमार साह रहेका छ्न् ।

प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको गस्ती टोलीले जिल्लाको भगवानपुर गाउँपालिका– ४ ठाडी चोकस्थित चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका उनले दुवै तिघ्रामा टेपले बाँधी लुकाइछुपाई ल्याइरहेको अवस्थामा ९ थान नाइट्रोजन ९ थान फेनारागन र ९ थान क्राफिन थान– ९ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया