राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शैक्षिक क्यालेन्डरमा समावेश गरिने : मेयर साह

जनकपुरधाम । जनकपुरधाममा नगर स्तरीय तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
रामजानकी रंगशालामा आयोजित समापन तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै जनकपुरधाम नगरपालिकाका मेयर मनोजकुमार साहले विद्यालय स्तरीय राष्ट्रपति रनिडशिल्ड प्रतियोगिता शैक्षिक क्यालेन्डरमा समावेश गरिने बताए ।

नगरप्रमुख साहले प्रतियोगितामा ६ वटा खेल गराउने निधो भए पनि तीन वटा खेल एथलेटिक्स, भलिबल र कराँते गराएको ध्यानाकर्षण गराए । उनले जनकपुरधाममा सामुदायिक तथा संस्थागत गरी करिब १ सय ५० विद्यालय भएकाले दश दिन पहिला पूर्व सूचना दिएर विद्यार्थीहरुलाई तयार गरी सिजनटुको लागि राष्ट्रपति रनिड शिल्ड प्रतियोगिता गरिने उल्लेख गरे । उनले राष्टपति रनिड शिल्ड प्रतियोगिताका लागि छुटै बजेट बिनियोजन गरिने समेत जानकारी दिए ।

उनले विद्यार्थीहरुलाइ बढि मोवाईल चलाउने लतबाट हटाई फिजकल तथा मेन्टल फिटनेस बढाउन खेलसंगै पढाइको आवश्यकता रहेको जनाए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडिको क्रेज बढि देखिएकाले मधेश प्रदेशलाई खेलमा अग्रसरता लिन मनोवल बढाए । जनकपुरधाम उपमहानगरपालिका–१४ का वडा अध्यक्ष पुण्य प्रताप यादवको अध्यक्षतामा भएको खेलमा एथलेटिक्स प्रशिक्षक कनहिया कर्णले प्रतियोगितामा १२ वटा विद्यालयहरू सहभागी रहेका जनाए ।

उनले जनकपुरधाम उपमहानगरपालिकाद्वारा खेलमा भएको ब्यवस्थापन सराहनीय रहेको बताए । कराँते प्रशिक्षक लभ यादवले खेलले खेलाडीको मन मस्तिष्कको विकास हुनुको साथै एकाग्रता बढाउनमा मद्दत पुग्ने बताए । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका वडाअध्यक्ष मिथिलेश कर्ण, परमेश्वर साह, जितबहादुर राउत, शिक्षा शाखाका अञ्जु पाण्डे लगायतका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया