मातृभाषा संरक्षण र सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड

सप्तरी । सप्तरीको सदरमुकाम राजबिराजमा आयोजना भएको अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा मातृभाषा शिक्षा विषयक गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

इन्टेलेक्चुवल फाउन्डेसन नेपालको आयोजना तथा फाउण्डेशनका संस्थापक डाक्टर सूर्यप्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा मातृभाषा औचित्य अवसर र चुनौती विषयकमा आधारित रहेको कार्यक्रममा मातृभाषा संरक्षणका गर्नको लागि सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा सहभागी विभिन्न क्षेत्रमामा रहेर मातृभाषा संरक्षणमा योगदान गर्ने व्यक्तित्वहरुले जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै वक्ताहरुले राज्यको विभेदकारी नीतिका कारण मातृभाषाहरु लोप हुँदै गएको बताए । सम्पूर्ण स्थानीय तहका विद्यालयमा लागू हुन जरुरी रहेकोमा उनीहरुको जोड छ । एक भाषा, एक संस्कृतिको नीतिले नेपालमा बोलिने विभिन्न भाषाको प्रवर्द्धन हुन नसकेको बताउँदै वक्ताहरुले हाल नेपाल सरकारले मातृभाषा संरक्षणका लागि ल्याएको ऐन कानुनलाई टेकेर मातृभाषालाई स्थान दिँदै जानुपर्नेमा जोड दिए ।

मातृभाषाबाट लोकसेवा आयोगलगायतको परिक्षा लिनुपर्नेमा जोड दिँदै उनीहरुले परिक्षा प्रणालीमा मातृभाषालाई मान्यता दिन सके आफै मातृभाषा स्थापित हुने तर्क गरे । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि प्राध्यापक डा. रामअवतार यादवले सरकारले मातृभाषा संरक्षण गर्ने नीति ल्याए पनि व्यवहारमा खासै देखिन नसकेको उल्लेख गरे । उनले विद्यालयस्तरमा लागू गरिएको मातृभाषा शिक्षालाई प्रभावकारी बनाउन राज्यको तर्फबाट प्रथामिकताका साथ आवश्यक श्रोत, साधन र जनशक्ति परिचालन गर्नुपर्ने आवश्यकता औँल्याए ।

मातृभाषाको विकासका लागि स्थानीय सरकारको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको बताउँदै वक्ताहरुले स्थानीय सरकारले मातृभाषाको संरक्षणमा खासै चासो नदिएको गुनासो गरे । कार्यक्रममा पूर्वमन्त्री मातृकाप्रसाद यादवले सम्मानपत्र ग्रहणपछि बोल्दै मातृभाषाप्रति राज्यले हेर्ने दृष्टिकोण खराब हुँदा यसको अपेक्षित विकास हुन नसकेको बताए । पहिचान र अधिकारका लागि संघर्षरत राजनीतिक दलहरू सत्ता प्राप्तीपछि मातृभाषालाई बिर्सिने गरेकोमा असन्तुष्टि व्यक्त गर्दै उनले मधेसका ठूला नेता आफूलाई कहलाउनेहरु शासकको अगाडि लम्पसार हुने गरेकोले मातृभाषाको जगेर्नामा चुनौती आएको टिप्पणी गरे ।

इन्टेलेक्चवल फाउण्डेशन नेपाल सप्तरीका अध्यक्ष डा. सुर्यप्रसाद यादवको अध्यक्षता तथा त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक एवं भाषाविद् डा. रामअवतार यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पूर्वनिर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव, मैथिली साहित्य परिषद्का पूर्वअध्यक्ष प्रधानाध्यापक देवेन्द्र मिश्रलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा मैथिलीसहितका मातृभाषा संरक्षणमा योगदान गरेको भन्दै पूर्वमन्त्री मातृकाप्रसाद यादवले पूर्वविधायक सूर्यनाथ यादवलाई कदरपत्रद्वारा सम्मान गरेका थिए । कार्यक्रममा मधेस प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेशकुमार यादव, प्राध्यापक शम्भु यादव आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवलगायतको उपस्थिति रहेको थियो ।

मन्त्री यादवले शपथ लिँदा इतिहासमै पहिलो पटक मातृभाषा लिएकोमा र विधायक सूर्यनाथ यादवले समेत मातृभाषामा मैथिलीमा शपथ ग्रहण लिएकाले उनीहरुले मातृभाषाको विकासमा अतुलनीय योगदान गरेकाले सम्मान गरिएको आयोजकले जनाएको छ ।

राजविराज नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति पूर्वमन्त्री एवं सप्तरी २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य महेश प्रसाद यादव, संविधान सभा सदस्य लक्ष्मी चौधरी, थारु कल्याण कारिणीसभा सप्तरीका अध्यक्ष शिवनारायण थारु, थारुभाषा कला संस्कृति संरक्षण केन्द्रका केन्द्रिय उपाध्यक्ष बुधसेन चौधरी, मैथिली साहित्य कलाप्रतिष्ठान सप्तरीकी अध्यक्ष रमिला देवी साह, प्राध्यापक, पत्रकारलगायतका विभिन्न समुदायका मातृभाषा अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मावि बेतहा भवानीपुर सिरहाका प्रधानाध्यापक रामविलास यादवले शिक्षामा मातृभाषा, औचित्य अवसर र चुनौती विषयको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी विभिन्न समुदायका मातृभाषा अभियन्ताहरु समेतको उपस्थिति रहेको थियो । जयप्रकाश यादवद्वारा सञ्चालित कार्यक्रममा स्वागत राजेदेव दासले गरेका थिए । सो अवसरमा रोयल सेकेन्डरी स्कुल भारदह बाजारका विद्यार्थीहरुद्वारा मातृभाषामा गीत तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया