रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा बुधवार शोक बिदा दिएको छ । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मनोज कुमार यादवको निधनप्रति शोक मनाउन बुधवार शोक बिदा दिएको देवाही गोनाही नगरपालिकाको नगरप्रमुख प्रेमलाल साह कानुले बताए । स्वास्थ्य शाखा प्रमुख यादवको मंगलवार राति १० बजे हृदयघातका कारण असामयिक निधन भएकोप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले बुधबार शोक बिदा दिएको देवाही गोनाही नगरपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत राजदेव रामले बताए । बुधबार नगरपालिकाको कार्यालय र मातहतका सबै वडा कार्यालयहरु, संघ संस्था, सामुदायिक विद्यालयहरुमा शोक बिदा दिएको निमित्त प्रशासकीय अधिकृत राजदेव रामले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया