रौतहटमा एक लाखभन्दा बढीको भन्सार छलीको समान बरामद

रौतहट । रौतहट जिल्लाको इशनाथ नगरपालिका ४ र यमुनामाई गाउपालिका १ बाट एकलाख भन्दा बढी मुल्य बरावारको भन्सार छलीका समान बरामद गरिएकाे छ । भारतबाट अबैध रुपमा भन्सार छली गरेर ल्याउदै गरेको जुत्ता, चापल तथा किराना समान जिल्ला प्रहरी कार्यालय मातहतको प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले बारामद गरेको हो ।

खटेको गस्ती टोलीले भन्सार छली गरि ओसार पोसार गर्दै गरेको अवस्थामा एक लाख १७ हजार २०५ रुपैया बराबरको जुत्ता चापल र किराना समान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता प्रहरी नायब उपरिक्षक एलिजा गिरिले जानकारी दिइन् । नियन्त्रणमा लिएको समान कार्यवाहीको लागि भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया