कृषि महोत्सवमार्फत रैथाने बीऊ जोगाउने अभियानमा फूलबारी सहकारी

महोत्सवमा देखियो जिल्लाबासीको पौरख

काभ्रे । काभ्रेको बनेपामा ४ गते बाट चलिरहेको कृषि महोत्सवमा विभिन्न कृषि प्रविधि, बीऊ विजनहरु, कृषि र कृषक स्तरका सूचनाहरू लाई र कृषकका उत्पादनहरु समेतलाई राखिएको छ । सय वटा स्टलहरुमा काभ्रे जिल्लाको १३ वटा स्थानीय सरकारको प्रतिनिधित्व हुने गरी विविध स्थानीय पहिचान झल्कने उत्पादनहरु प्रदर्शन समेत गरिएको छ । जिल्लाको अति विकट मानिनी खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकाबाट स्थानीय कफि कुचो,खुवा र विविध तरकारीहरू राखिएको छ । काभ्रेको पाँचखाल बाट विशेष तरकारीका उन्नत बीउहरू राखिएको छ ।

यता तेमालको सहकारीहरुले भने अलग खालको अभियान महोत्सवमा झल्काएको छ । कृषि विशेष उत्पादनमा आत्मनिर्भर बनाउने र स्थानीय पहिचानको जीवित तथा पुनर्जीवित रैथाने बालीको उत्थानको लागि यो अभियान गरिएको फूलबारी तरकारी बीऊ उत्पादक सहकारी संस्थाका अध्यक्ष केपी पाण्डेले बताए । उनले नेपालमा तरकारिका रैथाने बिउ र उन्नत बिउ हरूको उत्पादन र संरक्षण गर्दै केही बालिको राष्टिय उत्पादन गरि नेपालभर पुर्याउदै आएको फुलबारि तरकारि बिउ उत्पादक सहकारी तेमाल गा पा -१ अमलटारिले सो बृहत कृषि महोत्सबमा यस्तो कार्यक्रम राखेर आफूहरु सहभागी जनाएको बताए ।

पाण्डेले महोत्सव काभ्रेपलाञ्चोक बनेपा करूणामार्गमा सहभागि भई संचालन गरिरहेको छ । त्यस अबसरमा तेमालको एकमात्र सहकारीले स्टल राखि जिल्लाकै तरकारी बिउ र रैथाने बालिमा उत्कृष्ट प्रविधिको प्रयोग गरी उत्पादन गर्ने प्रयत्न गरिरहेछ भन्ने कुरा जिल्लाबासी हरुले जानकारी लिन पनि यो महत्वपूर्ण हो यस सँगै तेमाल बोधिचितको माला र बिरूवा समेत एक स्टल तेमालका दुई किसानले राखेका छन ।

देशमा आयातित बिउलाई मात्र बिउ मान्ने अबस्थामा देशका ब्यबसायिक किसान पुगेका छन यस बेलामा उक्त स्थानिय बिउले पनि उत्पादन दिने र कुनै बेला बर्णशंकर बिउले धोका दिने हुदा स्थानिय जातलाई सुधार गरि उन्नत बनाउदै जादा नेपाली किसानले रोजगार समेत पाउने र बिदेशिने रकम समेत बचावट हुने कारणले सरकार तथा निजि क्षेत्रको लगानिमा तरकारी बिउ स्थानीय जात उत्पादन र संरक्षण गर्दै आयातित बिउहरूको समेत नेपालमै परिक्षण गरि उत्पादन गर्ने लक्ष्य साथ हाल काउलिको बर्णशंकर बिउ उत्पादन तेमालमै यस सहकारिले परिक्षण उत्पादन शुरू गरेको छ । यसरी काम गरिरहदा पनि सरकार र स्थानिय तहले कुनै प्रोत्साहन र सहयोग तरकारी बिउ उत्पादनमा सहकारीले पाएको छैन । जिल्लाको पहिचान र मागमा आधारित तरकारी र केहि खाध्य बालिको बिउ उत्पादनमा यस सस्था उच्च स्थानमा रहेको छ ।

यस महोत्सब बाट सहकारीले अध्ययन गरेका नयाँ कुरामा हाल नेपाली कुषका सन्तानले फोटोबिनाका केही बिउ स्टलमा बिउ यस्तो हुन्छ र भन्ने ब्यत्ति धेरै रहेका देखियो पाण्डेले भने भने स्थानीय बिउको काभ्रेमा पनि यति धेरै उत्पादन हुन्छ र ?भन्ने किसान र स्टल निरिक्षण गर्ने बाट कुरा गरियो । महोत्सवमा उपस्थिति भएका प्रदेश कृषि मन्त्रि बाट पनि केहि सुझाब र चासो राखिएको छ । महोत्सवमा पशुजन्य उत्पादन वृद्धि गर्नको लागि घासेबालिका विविध बीउहरू समेत राख्नु भएका किरण खरेल भन्नु हुन्छ कम लागतमा धेरै उत्पादन गर्न पशु आहाराको महत्त्व लाई हरेक पशुपालक किसान ले बुझ्नु पर्छ । घासेबाली को बीउहरू पनि कतिपय कृषि अनुसन्धान परिषद्को सूचीमा समेत नरहेको घाँसे बालीको बीऊ प्रबर्दन गर्ने प्रयत्न गरेको छु । खरेल भन्छन् पछिल्लो समय कृषि र पशुपालक किसान लाई प्रमोशन गर्न नसक्दा निराशा छाएको छ । हतोत्साहित किसानलाई हौसला दिन किसानको उत्पादित सामग्रीलाई सरकारले नै व्यवस्थापन र बजारीकरण गर्न सके मात्रै भावी दिनमा कृषि र पशुपालन क्षेत्र सुधार हुन सक्छ । खरेलको असन्तुष्टि छ ।

नीतिगत र कानुनी कुरा लाई सहज बनाउन सरकारले किसानमुखि योजना बनाउन ढिला गर्नु हुन्न । नेपालको भूगोल अनुसारको कृषि विकास अनुसन्धान गरी आगाडी बढाउनु जरुरी छ । उनले भने । यता पाँचखाल नगरपालिका का कृषि शाखामा कार्यरत ज्ञानेन्द्र दाहालले कृषि जन्य उत्पादनको लागि प्राङ्गारिक मल पुरानो कृषि प्रविधि र खाद्य बालीको संरक्षण र नयाँ प्रविधि लाई प्रयोग गरी कृषक स्तर सम्म जोडने कामलाई महोत्सवले सकारात्मक प्रभाव पारेको बताएका छन् । कृषि तथा पशुपालन क्षत्रको प्रचार गरी स्थानीय किसानलाई संयोजन गरी भावी दिनमा किसानको समस्या र सामाधानको कुरालाई महोत्सवले थप बहसको विषय गर्न महोत्सवले भूमिका खेलेको निरीक्षक, सहभागी र आयोजकले जनाएको छ । महोत्सब आज बेलुका समापन हुदै छ ।

प्रतिक्रिया