पाँचथर–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा खतिवडा


पाँचथर । नेकपा (एमाले) पाँचथर–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा पुनः दिनेश खतिवडा अध्यक्ष चयन भएका छन् । शनिबार भएको १३औँ अधिवेशनबाट खतिवडाको अध्यक्षतामा ३१ सदस्य कमिटी चयन भएको हो ।

केन्द्रिय राजधानी काठमाडौंमा उक्त अधिवेशनको उपाध्यक्षमा राजु चेम्जोङ र इश्वरा लिङ्देन चयन भएका छन् । त्यस्तै सचिवमा गणेश तिम्सिना, उपसचिवमा टिकादेवी पाखरेल र पवन घिमिरे, कोषध्यक्षमा वलबहादुर तामाङ चयन भएका छन् ।

सदस्यहरुमा डिल्ली वेघा, भानु खरेल, विष्णु शंकर, दिनेश तामाङ, सलिन तामाङ, संविज तामाङ, इन्द्र बहादुर रिजाल, धन प्रसाद सुब्बा आङ्देम्वे, राजकुमार निरौला, विनय खतिवडा, हरि प्रसाद लावती, प्रेम कार्की, वचन फियाक, सिमा श्रेष्ठ, रमेश अधिकारी, गोपाल प्रसाद पोखरेल, नरेन्द्र कुमार तामाङ, यज्ञ खत्रीलगायत चयन भएको जनाएको छ।

पार्टी केन्द्रिय उपमहासचिव प्रदीवकुमार ज्ञावालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममाको खुल्ला सत्रको कार्यक्रममा कोशी प्रदेश सचिव राजकुमार भण्डारीसहित पाँचथरबाट चयन भएको कोशी प्रदेश सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा पार्टी जिल्ला कमिटी पाँचथरका कार्यवाहक अध्यक्ष विमल सापकोटा, केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री डम्बरसिंह सम्बाहाम्फे, केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य अइन्द्र सुन्दर नेम्वाङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया