पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शहबाज शरीफ मनोनयन

एजेन्सी । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का प्रमुख नवाज शरीफले आफ्ना भाइ तथा पूर्वप्रधानमन्त्री मोहम्मद शहबाज शरीफलाई देशको नयाँ प्रधानमन्त्री र उनकी छोरी मरियम नवाज शरीफलाई पञ्जाब प्रान्तको मुख्यमन्त्री पदका लागि मनोनयन गरेका छन् ।

पीएमएल–एनका तर्फबाट पार्टीका सूचना इन्चार्ज मरियम औरंगजेबले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएकी हुन् । शाहबाज सरिफ सन् २०२२ देखि २३ सम्म पाकिस्तानको प्रधानमन्त्री थिए ।

पाकिस्तानमा कुनै पनि दलले बहुमत पाउन सकेको छैन । पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले मंगलबार नवाज शरीफको पार्टीलाई सरकार गठनका लागि बाह्य सहयोग उपलब्ध गराउने बताएको छ ।

मरियम औरंगजेबले मंगलबार राति ट्वीट गर्दै भनेकी छन्, ‘पीएमएल–एन प्रमुख नवाज शरीफले पार्टी अध्यक्ष शेहबाज शरीफलाई प्रधानमन्त्री पदका लागि मनोनयन गरेका छन्, उनले मरियम नवाजलाई पञ्जाब प्रान्तको मुख्यमन्त्री पदका लागि मनोनयन गरेका छन् ।’– बीबीसी हिन्दीबाट

प्रतिक्रिया