जेलमा रहेका थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन रिहा हुँदै

बैंकक । थाइल्याण्ड पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई चाँडै रिहा गर्ने तयारी गरिएको न्याय मन्त्री तावी सोड्सोङले मंगलबार बताएका छन् ।

मन्त्रीमण्डलको बैठकमा भाग लिनुअघि तावीले पत्रकारहरूसँग थाक्सिन यस महिना जेल बाट छुटकरा पाउनका लागि स्वीकृत ९३० कैदीहरू मध्ये एक जना भएको बताएका छन् । ७४ वर्षीय थाक्सिन ७० वर्षभन्दा माथिको तथा गम्भीर रोगको बिरामी भएका कारण जेल मृक्तीको लागि सूचि बद्ध भएका उनको भनाइ छ ।

करिब ६ महिना जेल सजाय भोगसकेका थाक्सिन फेब्रवरी १७ मा रिहा हुने अपेक्षा गरिएको छ । ताहसिनल १५ वर्षभन्दा बढीको निर्वासन समाप्त गरेर गत वर्ष अगस्टमा थाइल्यान्ड फर्किएका थिए ।

उनलाई हिरासतमा लगेर विभिन्न अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको थियो । यद्यपि, अस्स्थताका कारण उनलाई छोटो समयमै बैंकको जेलबाट अस्पतालमा सारेदेखि अस्पतालमा नै रहेको बताइएको छ ।

गत सेप्टेम्बरमा, थाई राजा महा भाजिरालोङ्र्नले शाही माफीको लागि अनुरोध गरेपछि थाक्सिनको जेल सजाय एक वर्षमा घटेको थियो । थाक्सिनले सन् २००१ देखि २००६ सम्म दक्षिणपूर्वी एसियाली देशको प्रधानमन्त्रीको रूपमा सेवा गरी सन् २००८ स्व–निर्वासनमा रहेका थिए ।– रासस, सिन्ह्वा

प्रतिक्रिया