पाकिस्तानमा इमरान खानविरुद्ध सेना थियो, तर नवाज सरिफको पार्टीले किन जित्न सकेन ?

एजेन्सी । पाकिस्तानमा राष्ट्रिय र प्रान्तीय सभाको निर्वाचनको नतिजा सार्वजनिक भएको छ । अहिले सरकार गठनको प्रक्रिया सुरु भएको छ । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) बीच सत्ता बाँडफाँडका लागि वार्ता सुरु भएको छ ।

गठबन्धनका लागि यी दुवै दलले साना दल र स्वतन्त्र उम्मेदवारसँग पनि सम्पर्क गरिरहेका छन् । कुनै पनि दलले बहुमत नपाएकाले नयाँ सरकार गठनअघि कडा बार्गेनिङ हुने अपेक्षा गरिएको छ ।

विडम्बनाको कुरा के छ भने नेशनल एसेम्बलीका साथै खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तमा सबैभन्दा बढी सिट जित्दा पनि पाकिस्तान तहरीक (ए) इन्साफ (पीटीआई) ले समर्थन गरेका उम्मेदवारहरू सरकार बनाउने खेलमा संलग्न छैनन् ।– बीबीसी हिन्दीको सहयाेगमा

प्रतिक्रिया