ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले प्रथम महालक्ष्मी महोत्सव–२०८० को आयोजना गर्ने भएको छ । ‘महालक्ष्मी नगरको समृद्धिको आधार, शिक्षा, संस्कृति, उद्योग, पर्यटन र व्यापार’ भन्ने नारासहित फागुन ५ देखि ७ गतेसम्म महोत्सव आयोजना गर्न लागेको मंगलबार पत्रकार सम्मेलनमार्फत नगरपालिकाले जानकारी गराएको हो ।
नगरपालिकाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक, प्राकृतिक सम्पदाहरुको पहिचान, संरक्षण, प्रवर्धन तथा प्रचारप्रसार मार्फत नगरपालिकाको राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा विशिष्ट पहिचान स्थापित गर्दै नगरक्षेत्रको आर्थिक गतिविधिलाई समेत गतिशील बनाई मुलुकको अर्थतन्त्रमा समेत योगदान पुर्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको नगर उपप्रमुख लक्ष्मी महर्जनले जानकारी दिइन् ।
महर्जनले नगरभित्रका विभिन्न क्षेत्रहरु बोजेपोखरी, सिद्धिपुर, लुभु, लाँकुरीभञ्ज्याङ लगायतका क्षेत्रसहित १० वटै वडालाई समेटेर एकीकृत महालक्ष्मी महोत्सव आयोजना गरिएको बताईन । नगरको वार्षिक नीति तथा कार्यक्रम अनुसार आयोजना गरिएको महोत्सवमा नगरपालिका भित्रका स्थानीय उत्पादन, रैथाने खानाका परिकार, विभिन्न सांस्कृतिक प्रदर्शनी तथा सम्पदाहरुको अवलोकन, मनोरञ्जनात्मक प्रस्तुतिहरु, राष्ट्रिय कलाकारहरुको विविध प्रस्तुती, पर्यटकीय स्थलहरुको अवलोकन,विशिष्ट व्यक्तित्वहरुको भ्रमण लगायतका विविध कार्यक्रम महोत्सवको अंगका रुपमा रहेको महर्जनले बताईन्।
प्रतिक्रिया