नगरपालिकामा हुने भागबण्डा बन्द गर्न मेयरका प्रत्यासीकोे माग

रौतहट । जिल्लाको फतुवाविजयपुर नगरपालिकामा भ्रष्टाचार र अनियमितता बढेको भन्दै आम जनता पार्टी(आजपा) ले ज्ञापनपत्र बुझाएको छ । नगरपालिका स्थानीय सरकार भएको हुँदा नगरवासीले सरकारको महसुस गर्ने किसिमको कार्य नभएको र पालिकामा भ्रष्टाचार र अनियमितता व्याप्त रहेकाले त्यसतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको आजपा नगर कमिटीले जनाएको छ ।

सोमबार एक कार्यक्रमका बीच कार्यवाहक नगरप्रमुख अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानसमक्ष १० बुँदे मागसहित ज्ञापनपत्र पेस गरिएकोे हो । आजपाले राखेको मागहरू सम्बोधन नगरी बेवास्ता गरिएमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको नगर कमिटी अध्यक्ष एवं मेयरका प्रत्यासी विजय यादवले बताए ।

ज्ञापनपत्रमा भनिएको छ, ‘देशमा आर्थिक मन्दीका कारण आमजनताको जनजीवन कष्टकर बन्दै गएको र आर्थिक संकटबाट सबैभन्दा बढी हाम्रो नगरपालिका प्रभावित भएको छ । यस नगरपालिकामा आर्थिक उत्पादनको स्रोतसाधन सीमित रहेको, परम्परागत खेती प्रणालीमा आश्रित कृषि रहेको, व्यापार व्यवसाय सुक्दै गएको, बेरोजगार गुणात्मक ढंगले बढिरहेको तथा मजदुरहरू बाध्य भएर कष्टकर वैदेशिक रोजगारबाट जीवनयापन गर्नुपरेको अवस्था छ । यस्तो संकटपूर्ण अवस्थामा जनतामाथि अनावश्यक करको भार थुपार्ने र जनताको रगत पसिनाबाट निर्माण भएको सरकारी बजेटलाई केही मुठ्ठीभर निर्वाचित जनप्रतिनिधिले आफूखुसी भागबन्डा गरी खाँदा नगरको विकास सम्भव छैन’, विज्ञप्तीमा भनिएको छ ।

मेयरका प्रत्यासी यादवको माग !

नगरपालिकाले शून्य कर नीति लागू गरोस् अर्थात् जनताबाट उठाउने प्रत्येक कर माफ होस्, नगरपालिकामा बसोबास गर्ने सम्पूर्ण जनताको बिजुली र पानी महसुल फ्रि होस्, नगरपालिकामा भइरहेको सम्पूर्ण भागबन्डा बन्द होस्, सेप्टीट्यांकी सरसफाइ निःशुल्क होस्, मालपोतको कर निःशुल्क होस्, शिक्षक, कर्मचारी र सामाजिक सुरक्षाभत्ता वितरण कार्य समयमा गरियोस्, नगरभरिको सम्पूर्ण सुकुम्बासीको समस्या चाँडै समाधान गरियोस्, नगरका अस्पतालमा औषधि आपूर्ति गरियोस्, प्रत्येक वडामा सिँचाइको यवस्था होस्जस्ता माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया