प्रेम दिवशः प्रारम्भ र महत्व

प्रेम र विवाह समस्त जीवनका लागि अपरिहार्य विषय हो . जुन मानिसले जीवनमा एक पटक पे्रम गर्दैन र वैवाहिक जीवनमा बाँधिदैन त्यो मानिसको जीवन अपूर्ण मानिन्छ । दुई आत्माको मिलन प्रेम हो भने सँगसँगै जीवन विताएर घरजम गर्नुलाई विवाह भन्ने बुझिन्छ । वर्तमान संसारमा प्रेम र विवाहमा एथेष्ट सकारात्मक र केही नकारात्मक उदाहरणहरु नभएको होइन तथापी जीवनमा एक पटक प्रेम र विवाह गर्नु सम्पूर्ण मानव जीवनको कर्तव्य हो ।

मिलन आफन्त

प्रेम दिवस आफैमा एक महत्वपुर्ण दिन, युवा युवतीले एक आपसमा प्रेम प्रकट गर्ने दिन । आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन । प्रेम सम्बन्ध स्थापित भएका प्रेमी प्रेमीकाको प्रेम अझ दरिलो र सुदृढ पार्न मद्दत पु¥याउने दिन । यति प्यारो दिन, विश्वभरी मान्यता पाएको प्रेम दिवसको प्रारम्भ र महत्व बारेमा प्रष्ट पार्ने प्रयास यस लेखमा गरिएको छ ।
प्रेम दिवसको प्रारम्भ तेस्रो शताब्दीको अन्ततिर रोमनबाट शुरु भएको हो । तेस्रो शताब्दीको अन्ततिरबाट प्रारम्भ भएको प्रेम दिवस अहिले आएर विश्वभरी नै प्रसिद्ध भएको छ । आजको विश्वका युुवायुवतीहरु प्रेम दिवसका दिन अत्यन्तै रमाउने गर्दछन् । विश्वव्यापी रुपमा मान्यता पाउदै गएको यो दिवसले प्रेमको सार्थकता र उचाईलाई अझ बढी उचाईमा पु¥याउदै लगेको छ । प्रेम दिवसको प्रारम्भको इतिहासलाई फर्केर हेर्दा नारीसँगको सम्बन्धको कारण सुरक्षाकर्मीहरु कमजोर हुने र गोप्य सूचनाहरु बहिर जाने डरले रोम सम्राटले प्रेम र विवाहमा रोक लगायता पनि त्यसको उल्लङ्घन गर्दै भ्यालेन्टाइनले थुप्रै सैनिक र प्रहरीलाई वैवाहिक सुत्रमा बाँधिदिएपछि उनलाई सम्राटले मृत्युदण्ड दिए ।
रोमका एक जेलरकी छोरीसँगको प्रेममा पागल भएका भ्यालेन्टाइनले मृत्युदण्ड पाउनु भन्दा केही दिन अघि अन्तिम प्रेम पत्र लेखेका थिए । उनको समाधिस्थलमा बनाएको स्मारकमा मानिसहरुले प्रेमका कारण उनले गरेको त्याग र प्रेम विवाहका करण सम्राटबाट पाएको मृत्युदण्डलाई हाँँसी हाँसी स्वीकार्नुलाई पूजा गर्दै प्रत्येक वर्ष उनलाई श्रद्धाञ्ज्ली अर्पण गरे । त्यही दिनबाट या भनौ फेबु्रअरी १४ का दिन युवा युवतीले प्रेम पत्र साटासाट गर्न थाले र फेबु्रअरी १४ लाई विश्वभरी नै प्रेम दिवसको रुपमा मनाउन थालियो । अहिलेको विश्वमा प्रेमपत्रहरु आदन प्रदान गरेर, कार्ड तथा फूलहरु दिएर,इमेल इन्टरनेटको माध्यमबाट भावनाहरु साटासाट गरेर प्रेम दिवस मनाईन्छ ।

हामीलाई थाहा भएकै कुरा हो,विक्षिप्तता,घृणा,हत्या,अन्याय, अत्याचार,युद्ध, धोका,दुःख,पीडा जस्ता नराम्रा कुराहरु प्रेमको अभावमा हुने गर्दछ । यसैकुरालाई मनन गरेर विश्व चर्चित व्यक्तित्व महात्मा गान्धी भन्नुहुन्छ –“प्रेम भन्दा ठूलो बस्तु संसारमा अरु केही छैन । प्रेमले पापीलाई पनि सुधार्छ । प्रेम त्यो हतियार हो जसको प्रयोगले शत्रु पनि मित्र बन्दछ । “साँचो अर्थमा भन्ने हो भने प्रेमले मानिसलाई नयाँ जीवन दिन्छ । यस कुरालाई महान बैज्ञानिक, दार्शनिक, चिन्तनहरुले स्वीकारी सकेका छन् । प्रेम भनेको आत्माको आवाज हो,यो कुनै बनावटी कुरा होईन । आजको विश्वमा उमेर पुगेका युवा युवतीहरु प्रेम संसारमा अनुशासित रुपमा लाग्नुलाई अन्यथाको रुपमा मान्नु हुँदैन ।त्यसो त कलिलो उमेरका किशोर किशोरीहरुको बौद्धिकतामा आउन सक्ने कमीले गर्दा प्रेम वरदान नभएर अभिसाप पनि बन्न सक्दछ ।
कलिलो उमेरका किशोर किशोरीहरुले प्रेम भन्दा अध्ययनलाई नै अघि बढाउँदा उपयुक्त हुन्छ ।तर उमेर पुगेका ,अध्ययन पूरा गरेर बसेका युवा युवतीहरुलाई भने प्रेमको ठूलो महत्व छ । प्रेमले युवा युवती भित्र लुकेर रहेका अन्तरनिहित भावनालाई प्रस्फुटित गरिदिन्छ र आफ्नो आनन्दमय जीवनलाई अगाडि बढाउँदछ । वयस्क अवस्थाका युवा युवती बीचमा प्रेमको अत्यन्तै आवश्यकता छ ।
प्रेमले गर्दा नै मानिसको जीवन सफल हुन्छ । प्रेम नभएको दाम्पत्य जीवन असफल र अपूर्ण हुन्छ । वास्तवमा भन्ने हो भने प्रेम अदभुत छ,यसमा स्वर्गिय आनन्द लुकेको छ । जीवनको सम्पूर्ण सुख भनेकै यहि प्रेम मा टिकेको छ ।

प्रेम र विवाह समस्त जीवनका लागि अपरिहार्य विषय हो . जुन मानिसले जीवनमा एक पटक पे्रम गर्दैन र वैवाहिक जीवनमा बाँधिदैन त्यो मानिसको जीवन अपूर्ण मानिन्छ । दुई आत्माको मिलन प्रेम हो भने सँगसँगै जीवन विताएर घरजम गर्नुलाई विवाह भन्ने बुझिन्छ । वर्तमान संसारमा प्रेम र विवाहमा एथेष्ट सकारात्मक र केही नकारात्मक उदाहरणहरु नभएको होइन तथापी जीवनमा एक पटक प्रेम र विवाह गर्नु सम्पूर्ण मानव जीवनको कर्तव्य हो । वास्तविक प्रेम शारीरिक आकर्षण होइन बरु प्रियको एउटा झझल्को मात्र हेर्न खोज्ने गुलाफी ब्याकुलता हो र सँगै बसेर दुई मुटु साट्ने चाहना प्रेम हो । तर, विवाह वासना पनि हो । विवाह गरीसकेपछि विवाहित जोडिलाई यौन सम्बन्ध राख्न खुला छोड्नु वर्तमान समाजको यथार्थता हो । तर प्रेममा यौनको उपयोग गर्नु समाजबाटै वहिस्कृत हुनु हो । जब कुनै पनि युगल जोडी प्रेम गर्दछन् भने ती दुई विवाह गरेर यौन संसारमा रमाउन सक्दछन् । यो वर्तमानको यथार्थता हो ।
वर्तमान विश्वमा दुईवटा विवाह प्रचलित देखिन्छ । एउटा प्रेम विवाह र अर्को मागी विवाह । मागी विवाहभन्दा प्रेम विवाह नै उचित भएको कुरा बुद्धिजीवि र प्रेमका पारखीहरु बताउँदछन् । प्रेम विवाहमा प्रेमी वा प्रेमिकाको भावना, चाहना र बानी व्यवहार राम्रोसँग परिचित हुने हुँदा जीवन विताउन सजिलो हुन्छ । केही समय प्रेम गरेर उक्त युगल जोडी विवाहमा बाधिनुनै श्रेयकर हुन्छ । मागी विवाहमा प्रेमी वा प्रेमिका वा भविष्यका श्रीमान श्रीमतीबीच एक अर्कोलाई बुझ्ने समय नपाइने र यसमा अविभावकको बढी भूमिका रहने हुँदा मागी विवाह वर्तमान समाजमा लोप हुँदै गएको छ । सबैभन्दा उचित त प्रेममा परेका युगल जोडी आफ्ना अविभावकहरुको समेत सहमतिमा विवाह बन्धनमा बाँधिनु उचित हुन्छ ।

कुनै बेला परिवार र समाजको स्वीकृति विना अर्थात् प्रेम विवाह गरिदा समाजमा नौलो घटना हुन्थ्यो । तर अहिले विशुद्ध मागी विवाह चाहिँ नौलो घटना र विषय बन्न थालेको छ । पछिल्लो समयमा प्रेम विवाह फष्टाएको छ । उत्पादन प्रणाली र शिक्षाको कारणले प्रेम विवाह फस्टाएको हो । यो पनि सकारात्मक परिवर्तन नै हो । विवाह अघि नै एक अर्का बीच सबै विषयमा संवाद र सम्झौता हुने भएकोले प्रेम विवाह पछिको युगल जोडी सम्बन्ध र संवाद शुन्य देखि सुरु गर्दा कतिपय अवस्थामा समस्या पनि आउने भएकोले मागी भन्दा प्रेम विवाह उपयुक्त हो ।

वर्तमान विश्वमा आजका युवायुवतीहरु प्रेम गर्नुको उद्देश्य रमाइलो, मनोरञ्जन र अन्ततः विवाह रहेको सगर्व बताउँदछन् । प्रेम त रोमाञ्चक हुन्छ नै, प्रेम विवाह पनि धेरै हदसम्म सुखी र आनन्दायक वैवाहिक जीवनका लागि उत्तम मानिएको छ । रुप र धन हेरेर गरिएको विवाह पूर्ण सफल हुन नसकेको उदाहरण हामी देख्दछौं । विवाहमा महत्वपूर्ण कुरा भनेको असल गुण, अध्ययन, इज्जत, सम्पत्ति आदि हो । विवाह गर्दा धेरै विचार पु¥याएर, सोचेर सबै कुरा नापितौली गरेर आफ्नो जीवन साथी रोज्नु पर्दछ । विवाह मूलतः जीवनमा एकपटक गर्ने हो तसर्थ आपूmले विवाह गर्ने युवक वा युवती धेरै नै विचार गरेर छान्नुपर्दछ । तब मात्र वैवाहिक जीवन सफल हुन सक्दछ । आपूmले रोजेर खोजेर गरेको विवाहलाई सुखद दाम्पत्य जीवनमा परिणत गर्न पारस्परिक प्रेम र विश्वासमा निरन्तरता पनि आवश्यकता छ । त्यसैले विवाहपूर्वको प्रेम र विश्वासलाई विवाह पछिको व्यवहारिक जीवनमा पनि लागू गर्नु पर्दछ ।

वर्तमान विश्वमा विवाह भड्किलो बन्दै गएको छ । हालै मात्र बेलायतका राजकुमार अर्बौंको खर्च गरेर आफ्नो विवाह धुमधामका साथ सम्पन्न गरेको छन् । हुनेले त देखाउने तर नहुनेले के देखाउने तसर्थ विवाह भड्किलो भएकोले आर्थिक अवस्थाले विपन्न विश्व बासिमा ठूलो चिन्ताको विषय बनेको छ । विवाह सम्पन्नशालीको भड्किलो प्रर्दशन होइन, दुई आत्माको जीवन भर मिलन गराउने एक उत्तम प्रकृया हो तसर्थ विवाह आफ्नो गच्छे अनुसार हुनुपर्दछ । धेरै खर्च गरेर गरिएको विवाह राम्रो होइन, युगल जोडीको मन मिलेर गरिएको विवाह उत्तम हो । हामीले दाइजो प्रथाको पनि विपक्षमा आपूmलाई उभ्याउनु पर्दछ । नारीलाई दाइजोको होइन, अंश र शिक्षाको आवश्यकता छ, जस्ले उनीहरु सुखी र आफ्नो क्षमताको आधारमा उच्चताको साथ आफ्नो जीवन व्यति गर्न पाउन् । प्रेम र विवाह एक अर्काका परिपुरक हुन् । जोसँग प्रेम गरिन्छ, उसैसँग विवाह गरेर सुखी जीवन बिताउनु नै विश्वबासिको चाहना हो ।

प्रेम दिवसमा युवा युवतीले मन खोलेर प्रेम प्रस्ताव राख्ने गर्दछन् ।तसर्थ पनि प्रेम विवाहको महत्व आजको विश्वमा दिन प्रतिदिन बढ्दै गईरहेको छ । जसरी प्रजातन्त्रप्रेमीहरुको लागि प्रजातन्त्र दिवसको महत्व छ, नारीहरुको लागि नारी दिवसको महत्व छ, त्यसैगरी प्रेमी प्रेमीकाहरुको लागि प्रेम दिवसको महत्व छ । फेब्रअरी १४ का दिन विश्वभरका अर्बौं युवक युवतीहरुले स्वच्छ आत्माले आ–आफ्नै ढंले प्रेम दिवस मनाउँदछन् । प्रेम दिवसले हामी युवा युवतीबीचको प्रेम मिलनमा कहिल्यै बिछोडको बादल नल्याओस् ,हाम्रो यही कामना छ ।

प्रतिक्रिया