जनकपुरधाम । अदालतले निर्णय गरेपनि पदको शक्ति देखाउँदै आफनो जग्गा कब्जा गर्न खोजेको एक स्थानीयले आरोप लगाएका छन् ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैया दुर्गा मन्दिर अगाडिको आठ धुर जग्गा आफूले किनेको तर उक्त जग्गामा पर्खाल लगाउन खोज्दा वडाध्यक्ष देबु यादवले सो जग्गामा विवाद उत्पन्न गरि पर्खाल लगाउनबाट रोकेको स्थानीय रामसोगारथ यादवले बताए ।
शनिबार गाँउमै पत्रकार सम्मेलनको आयोजना गरि यादवले वडाध्यक्ष यादवले पदको आडमा आफ्नो जग्गामा हक भोग गर्नबाट रोकेको बताए । उनका अनुसार आफूले जग्गा किनेर लामो समयदेखि काठमाडौंमा बस्दै आएको र अहिले आएर आठ धुर रहेको सो जग्गालाई घेरा लगाउन खोजेपछि सो जग्गामा आफ्नो पनि हकदाबी रहेको भन्दै हकभोग गर्नबाट बञ्चित गरेको बताए ।
यता वडाध्यक्ष देबु यादवले आफूले कसैको जग्गा प्रयोग गर्नबाट नरोकेको बताए । अदालतले नै गरेको फैसलामा दुई अढाई फिट जग्गा उसकोमा गएको र सोही जग्गा क्लियर गर्न भनेपछि नमानेको बताउँदै कानुनलेनै गरेको फैसलालाई कार्यान्वयन गर्न भन्दा आफूमाथि आरोप लगाएको उनले बताए ।
प्रतिक्रिया