सुन्दरबजारको कृषि क्याम्पसमा अनेरास्ववियु र नेविसंघबीच झडप

लमजुङ । सुन्दरबजार नगरपालिका– ७ मा रहेको लमजुङ कृषि क्याम्पसमा शनिबार अनेरास्ववियु र नेविसंघबीच झाडप भएको छ । झडपमा परी अखिल अनेरास्ववियुका विद्यार्थीहरु घाइते भएका छन् ।

सो झाडपमा परी घाइते हुनेमा वर्ष २१ का विवश बिक, वर्ष २२ का टिकराम ढकाल, बर्ष २१ का मदन रिजाल, वर्ष २३ का बिराज सुवेदी, वर्ष २२ का दिपेश रोका, शंकर भण्डारी, सुरज घिमिरे, सुलब बस्याल र सुरेश अवस्थी रहेका छन् । ती घाइते विद्यार्थीलाई उपचारका लागि स्थानीय कर्मदा हस्पिटलमा लगिएको प्रहरीले जनाएको छ ।

उक्त क्याम्पसमा नयाँ विद्यार्थी भर्न हुन आएका महेश साउदलाई अनेरास्ववियुले तनहुँको डुम्रेबाट नै कब्जामा लिएर आई नेविसंघ विद्यार्थीलाई भेटघाट गर्न नदिएको र अनेरास्ववियुले पुरानो मनमुटावको कारण झडप सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया