राइनासमा जलवायु परिवर्तन र प्राकृतिक स्रोत व्यवस्थापनसम्बन्धी संवाद

लमजुङ । लमजुङकोको राइनास नगरपालिकामा सामुदायिक वन संरक्षण तथा प्राकृतिक स्रोत व्यवस्थापनसम्बन्धी बहुसरकारवालाबिच संवाद तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

युएसएआइडि जल जंगल परियोजनाको आर्थिक तथा प्राविधिक सहयोग र राइनास नगरपालिकाको आयोजनामा राखिएको बहुसरकारवाला बिचको संवाद तथा छलफल कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । कार्यक्रम राइनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङको अध्यक्षतामा गरिएको थियो ।

युएसएआइडिले गण्डकी प्रदेशभित्रका विभिन्न जिल्लामा रहेका वन तथा जलस्रोत, संरक्षणको क्षेत्रमा आधारित रही प्राकृतिक स्रोत संरक्षणमा सहयोग पुर्याउने लक्ष्य राखेसँगै लमजुङ जिल्लाको प्राकृतिक स्रोत व्यवस्थापन, जैविक विविधता संरक्षणमा, लैंगिकि समानता तथा सामाजिक समावेशीकण सम्बन्धमा लाभ दिने हेतुले उक्त बहुसरकारवाला बिचको संवाद कार्यक्रमको आयोजना गरी जलवायु परिवर्तन र त्यसले पारेको असर प्राकृतिक स्रोत साधानको संरक्षण जस्ता महत्त्वपूर्ण विषयमा स्थानीयको गुनासो सुनुवाइ र बहुसरकारवालासँग यसको संरक्षणबारे छलफल गरिएको छ ।

जल जंगल परियोजनाको यो संवादले आगामी दिनमा नगरपालिकामा मात्रै नभई जिल्लाको सबै तहमा लाभान्वित गराउने आशा राखिएको छ । नगरपालिकाले राजनीतिक पदाधिकारी, महिला सञ्जाल, अपांग सञ्जाल, वडा सदस्य, बाल सञ्जाल, आदिवासी जनजाती र दलित वर्ग सबैलाइ समेटेर कार्यक्रमको आयोजना गरेको थियो भने उक्त कार्यक्रममा अन्य सरोकारवालाहरुको उपस्थिति पनि रहेको थियो ।

संवाद कार्यक्रममा पालिकाभित्रका प्रकृति संरक्षण, मानव समृद्धि र सुरक्षित भविष्यको लागि पारिस्थितिकिय प्रणाली तथा वन्यजन्तुमा हुने बहुआयामिक जोखिम कम गर्ने मुख्य लक्ष्य रहेको वायोडाइभर्सिटी गण्डकी प्रदेशका कार्यक्रम टिम प्रमुख मानबहादुर विश्व्कर्मले बताए । उनका अनुसार अगामि दिनमा राज्यको तिनै तहमा लैंगिकि समानता तथा सामाजिक समावेशीकरणको सुनिश्चितता एवं सरोकारवालाहरुको आत्मानिभरताको लागि क्षमता विकास, नीति तथा प्रणाली र मापदण्डलाई सुधार गर्दै लैजाने पनि जल जंगलको रहेको उनले बताए ।

वन वन्यजन्तु र जैविक विविधताको अवस्थामा सुधार वातावरणीय अपराधको रोकथाम तथा नियन्त्रण र प्राकृतिक स्रोत संरक्षण र जलवायु उत्थानशिलताको अभिवृदिसहित आफ्नो टिम अगाडि बढेको उनले बताए । उक्त कार्यक्रममा पालिकाभित्र जलवायु परिवर्तनले पारेको असरबारे छलफल गर्दै प्राकृतिक स्रोत तथा जैविक विविधता संरक्षणमा महिला तथा सिमांकृतत वर्ग सवाल तथा सम्बोधनका उपायहरु पहिचान गरी पाँचवटा समूह निमार्ण गरी छलफल गरिएको थियो ।

सामुहिक छलफलबाट प्राकृतिक स्रोत तथा जैविक विविधताका विषयमा देखिएका समस्यको समाधानका लागि नगरपालिकाले छलफल गरी आगामी दिनमा आवश्यक बजेट विनियोजन गर्ने राइनास नगरपालिकाका नगरप्रमुख खड्गबहादुर गुरुङले बताए ।

जल जंगलले सामाजिक, राजनीतिक रुपमा पिछाडिएका समूहलाई ससक्त बनाउनका लागि निर्णय प्रक्रियामा महिला, दलित, गरिब, आदिवासी, जनजाती र सिमांकृत समूहको सहभागिता र नेतृत्व तहमा पहुँच बढाउने र प्राकृतिक स्रोतबाट समतामूलक लाभ बाँडफाँडमा पहुँच सुनिश्चित गर्ने अनुगमन र मुल्यांकन प्रणालीमा जिइएसआइ सुचकहरुलाई मुल प्रवाह ल्याउने सिनियर जिइएसआइ अफिसर सुनिल कुमार चौधरीले बताए ।

मुख्य कार्यालय गण्डकी प्रदेशको कास्कीमा रहेको जल जंगलले जैविक विविधताका दृष्टिले महत्वपूर्ण क्षेत्रको व्यवस्थापन, प्राकृतिक स्रोत व्यवस्थापनबाट नगरबासीलाई धेरै लाभ हुने भएकाले प्राकृतिक स्रोतको संरक्षण गर्दै स्थानीयसँग सहकार्य गरी अगाडि बढ्ने उनले बताए ।

प्रतिक्रिया