व्यवसायमा रमाउँदै राइनास– ८ का थपलिया

लमजुङ । स्वदेशमा केही गरौँ भन्ने जोसजाँगर कसलाई हुन्न र । हो जोस र जाँगर भए पनि केहीको आर्थिक अवस्थाका कारण विदेशीने गर्छन् त केही भने आफ्नै देशमा स्वरोजगार बनौँ भनेर स्वदेशमै व्यापार व्यवसाय गरिरहेका हुन्छन् ।

त्यस्तै स्वदशमा नै केही गरौँ भन्नेमा पर्छन् लमजुङ राइनास नगरपालिका– ८ हर्रबोटका प्रकाश थपलिया । विगत ३५ वर्षदेखि उनी हर्रबोटमा किराना पसल सञ्चालन गर्दै आएका छन् ।

किराना व्यवसायबाट राम्रै आम्दानी गर्दै आएता पनि अझै केही गरौँ भनेर उनले चार महिना अगाडिबाट मात्रै १७ लाख लगानीमा कालिका तथा राइसमिल सञ्चलन गर्दै आइरहेका छन् । विगतमा तोरी पेल्नका लागि आफ्नो ठाँउभन्दा बाहिर जानुपरेको र अहिले आफ्नै गाँउठाँउमा मिल सञ्चालन भएपछि समयको बचत भएको स्थानीय गोविन्द पन्त बताउँछन् ।

उनको मिलबाट राइनास ८, ९ र १० का मानिसहरु लाभान्वितत भएको उनको भनाइ छ । साथै थपलियाले मिल सञ्चालनमा आएपछि एक जनालाई रोजगार दिएको समेत उनले बताए । व्यापार व्यवसाय गर्दै गर्दा आफूलाई परिवारको पूर्णरुपमा सहयोग रहेको भन्दै स्वदेशमा नै स्वरोजगारी बन्न पाउँदा खुशी मिलेको व्यवसायी थपलियाले बताए ।

प्रतिक्रिया