रौतहट । लघुवित्त वित्तीय संस्था र कर्मचारीमाथि आक्रमण हुन थालेपछि लघुवित्त संस्थामा काम गर्ने कर्मचारी एकजुट हुन थालेका छन् । आइतबार रौतहटको गरुडास्थित बहुमुुखि क्याम्पसमा जिल्लाभरिको लघुुवित्त वित्तीय संस्थाका शाखा प्रबन्धकहरूको बैठक सम्पन्न भएको छ । बैठकबाट ‘नेपाल लघुवित्त बैंकर संघ रौतहट’ ११ सदस्यीय कमिटी गठन गरिएको छ ।
जसको अध्यक्षमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका दिनेश्वर साहलाइ चयन गरिएको छ । गठित कमिटीको उपाध्यक्ष मेरो माइक्राे फाइनान्स लघुवित्त वित्तीय संस्थाका राजकिशोर चौधरी, कोषाध्यक्षमा फरवार्ड लघुवित्त वित्तीय संस्थाका पुुरुषोत्तम चौधरीलाई चयन गरिएको छ ।
त्यस्तै कमिटीको सचिवमा निर्धन लघुवित्त वित्तीय संस्थाका ओमप्रकाश कुमार साह, सहसचिवमा नेसनल लघुवित्त वित्तीय संस्थाका योगेन्द्रप्रसाद यादव चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा आशा लघुवित्त वित्तीय संस्थाका सन्तोष राय यादव, एनआइसी लघुवित्त वित्तीय संस्थाका सुनील पासवान, महुली लघुवित्त वित्तीय संस्थाका राजेशकुमार चौधरी, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका सुनील पटेल, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका लक्ष्मीनारायण चौधरी र धौलागिरी लघुवित्त वित्तीय संस्थाका इन्द्रजितप्रसाद कुशवाहालाइ चयन गरिएको छ ।
समूहमा भएका सदस्यहरू मध्ये गाह्रो भएका सहज गर्ने, सहज कारोबारको वातावरण मिलाउने, अज्ञात व्यक्तिद्वारा कर्मचारीमाथि भइरहेको गालीगलौज रोक्ने, वित्तीय चेतना फैलाउने, लघुुवित्त संस्थाप्रति उब्जिरहेको नाकारात्मक कुराहरूलाई हटाउने र वित्तीय कार्य गर्ने उद्देश्यले कमिटी गठन गरिएको फरवार्ड लघुवित्त वित्तीय संस्था कटहरियाका शाखा प्रबन्धक कृष्णसाह सोनारले जानकारी दिए ।
साहका अनुसार अब उपरान्त उक्त समितिलाई पालिकास्तरीय गठन गर्ने निर्णय भएको छ । डिप्रोक्सका शाखा प्रबन्धक बैजुु दासको विशेष पहलमा भएको बैठकको अध्यक्षता ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका शाखा प्रबन्धक विजयलाल कर्णले गरेका थिए ।
प्रतिक्रिया