कार्लमार्क्सले कसरी दिए विश्वलाई अतुलनीय योगदान ?

आज नव उदारवादअन्तर्गत पुँजीवादी–साम्राज्यवादी व्यवस्था आफ्नो लामो इतिहासमा सबैभन्दा नराम्रोसँग अझ दीर्घकालीन संकटका बीचबाट गुज्रिरहेको छ । कार्लमाक्र्सलाई सही अर्थमा स्मरण गर्ने प्रयत्न गरौँ । यस परिप्रेक्षमा सर्वहारा अन्तर्राष्ट्रवादको भावनालाई दृढतापूर्वक कायम राख्ने, जनतन्त्र र नागरिक स्वतन्त्रताका लागि अनि समाजवाद तथा साम्यवादका लागि निरन्तर लड्ने कार्लमाक्र्सले जस्तो विश्वलाई दृष्टि प्रदान गरेका छन् त्यस्तो विश्वका लागि संघर्ष गर्ने आफ्नो प्रण र उत्साह नयाँ किसिमले दोहोर्याएका छन् ।

लोकनारायण सुवेदी

माक्र्सवादी पक्षबाट यान्त्रिक, आर्थिक र कठमुल्लबादी(जडसूत्रवादी) किसिमले टाँस्सिरहनु घातक हो । साथसाथै ऐतिहासिक तथा सामाजिक विशेषताहरू र परिस्थिति अनुरूप माक्र्सवादको विकास गर्न असक्षम भएका कारणले समेत यस दर्शन र सिद्धान्तविरुद्ध रहेको खेमालाई ‘माक्र्सवादको मृत्यु’को घोषणा गर्न बल प्रदान गरेको हो । यसका अतिरिक्त ‘विचारधाराको अन्त्य’, ‘इतिहासको अन्त्य’ र ‘उत्तर आधुनिक वैचारिक राजनीति’ जस्ता चरम दक्षिणपन्थी भविष्यवाणी गर्नका लागि पनि अनुकूल माहोल बनेको हो ।

अनि यति हुँदाहँुदै पनि आज यही यस्तो समय पनि हो जतिबेला सबै ठाउँमा मजदुरवर्ग र उत्पीडित जनसमुदाय संघर्षरत रहेका छन् । आजको विश्वमा अनौपचारिक र असंगठित तप्काको ठूलो संख्या एकजुट हँुदै गएको पनि देखिँदै आएको छ । मजदुर, किसान, महिला, प्रवासी शरणार्थी तथा उत्पीडित जनसमुदायका विभिन्न तह र तप्काहरू पनि आफ्नो हकहितका निम्ति आवाज उठाउँदै आएका छन् । यसले प्रष्ट पार्दछ कि आजको नवउदारवादी पुँजीवादको संकटले सबैलाई पिरोलेको छ र यसले उत्पन्न गर्ने चौतर्फी विकराल समस्याको समाधान नखोजी धरै छैन भन्ने स्थिति फेरि पनि बन्दै गएको छ । यस स्थितिले पुनः माक्र्सका महत्वपूर्ण योगदानहरूको अध्ययन गर्नुपर्ने र यस अपूर्व संकटपूर्ण स्थितिको समाधान खोज्नुपर्ने महत्वपूर्ण आवश्यकता अझ बढ्न गएको छ ।

सन् १८१८ को पाँचाँै महिना मे ५ मा जर्मनीमा जन्मेका माक्र्स आफ्नो समयको विश्वका सबैभन्दा महान चिन्तक तथा क्रान्तिकारी विचारक थिए । उनको त्यही विचारले विश्वभरिका सर्वहारा वर्ग र श्रमजीवी जनतालाई आफ्नो मुक्तिको पथ प्रदर्शन गर्न थाल्यो र वैज्ञानिक समाजवादको दिशामा संघर्ष विकसित हुँदै गयो र विश्वमा नयाँ र अपूर्व परिवर्तन ल्याउन योगदान दिँदै आयो । शोषित, उत्पीडित, पददलित विश्वका करोडौँ करोड मानिसहरूमा नयाँ आशा र उत्साह जगायो र परिवर्तनको ऊर्जा पैदा गर्न ठूलो मद्दत ग¥यो ।
त्यसैले भनिन्छ कि माक्र्सको विचारले मानव जातिको इतिहासमा सबैभन्दा धेरै प्रभाव पा¥यो । उनको विचार व्यापक र बहु–आयामिक रहेको छ । खासगरी उनले वैज्ञानिक समाजवादी विचारको विकास गरे । यसका तीन वटा मूलभूत तत्वहरू छन् । ती हुन्, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्र र वर्ग संघर्षको सिद्धान्त । संक्षेपमा विश्व मानव समाजको सभ्यताको ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा कार्लमाक्र्सले इतिहासको सही र वैज्ञानिक व्याख्या गरे, पुँजीवादी शोषणको मिहीन तरिकाले उजागर गरे र त्यस आधारमा समाजवादी तथा साम्यवादी क्रान्तिको औचित्य र आधार प्रष्ट पारे । यस सन्दर्भमा उनले अर्थनीति, राजनीति, दर्शन, इतिहास, संस्कृति, समाजशास्त्र, विज्ञान र अन्य अनेक विषयमा बिस्तारपूर्वक लेख्ने काम गरे । यसरी उनले विश्वमा वैज्ञानिक समाजवादको जग बसाल्ने काम गरे । सर्वहारा महिला आन्दोलन तथा पर्यावरण आन्दोलनका लागि वैज्ञानिक आधार प्रदान गरे । उनले नश्लवाद र जातिवाद विरोधी जस्ता आन्दोलनहरू पनि देखे र लेखे ।

यद्यपि उनको सबल किल्ला केवल उनको विचार मात्र थिएन । उनले भिन्नभिन्न देशहरूका विभिन्न ट्रेड युनियन संगठनहरूद्वारा गठित प्रथम ‘वर्किङम्यान एसोसिएसन(कामदार संघ), जसलाई प्रथम कम्युनिस्ट लिग पनि भनिएको थियो) सक्रिय थिए । उनले जर्मन वर्कर एसोसिएसनको गठन पनि गरे । यद्यपि उनी उतिबेला बेल्जियममा बस्ने गर्दथे । कम्युनिस्ट लिगको तर्फबाटै माक्र्स र एंगेल्सले कम्युनिस्ट घोषणापत्र लेखेका थिए । यसरी उनीहरूले सर्वहारा अन्तर्राष्ट्रवादलाई व्यवहारमा लागू गरेका थिए । जसलाई उनीहरूले पुँजीवादी राष्ट्रवादको विरोधमा प्रतिपादन गरेका थिए ।

यी सबै गतिविधिहरूका लागि माक्र्सलाई व्यक्तिगतरूपले ठूलो त्याग र बलिदान दिनु परेको थियो । उनी र उनको परिवारलाई प्रायः सधैँ नै गरिबी र प्रहरी दमनको सामना गरिरहनुपरेको थियो । उनले पटकपटक देश निकालाको सामना समेत गर्नुपरेको थियो । खासगरी दुईपटक फ्रान्सबाट र एकपटक बेल्जियमबाट । अन्ततः उनले राज्यविहीन व्यक्तिकोरूपमा इंग्ल्यान्डमा रहनुपरेको थियो । किनकी इंग्ल्यान्डले उनलाई नागरिकता दिन अस्वीकार गरेको थियो । अनि उता प्रशियाले पनि उनको नागरिकता पुनर्बहाली गर्न मानेको थिएन । यसरी उनले अत्यन्तै कठिन परिस्थितिमा आफ्नो काम जारी राख्नुपरेको थियो । यस्तो अत्यन्तै कठिनाइपूर्ण जीवनका कारण उनकी पत्नी तथा परिवारले अत्यन्तै कष्टकर जीवन धान्नुपरेको थियो । जसका कारणले उनीहरूका सात छोराछोरीहरू मध्ये चार जनाले धेरै सानो उमेरमा नै ज्यान गुमाउनुपरेको थियो ।

यस्तो अत्यन्तै कठीन घडीमा पनि कार्लमाक्र्सले अर्थशास्त्र, इतिहास, समाजशास्त्रजस्ता विभिन्न क्षेत्रहरूका महत्वपूर्ण विचारहरू प्रतिपादन गरेका थिए । विश्वका धेरै मानिसहरू उनको यो सच्चाइलाई स्वीकार गर्ने गर्दछन् । तैपनि उनीहरू के भन्दछन् भने क्रान्तिको उनको विचार सही छैन । तिनको यो कुरा बिल्कुलै सही होइन र यो उनको अन्य विचारमा समाहित छैन । यसो भन्नु एकदमै गलत हो । कार्लमाक्र्सका विचारहरूको सारतत्व क्रान्तिका बारेमा उनको अवधारणा हो । यो उनका कामहरूको जीवन रेखा हो । क्रान्तिको विचारविना माक्र्सको विचार केही पनि होइन र हुँदैन ।

यस सन्दर्भमा कार्लमाक्र्सलाई सही अर्थमा स्मरण गर्ने प्रयत्न गरौँ । यस परिप्रेक्षमा सर्वहारा अन्तर्राष्ट्रवादको भावनलाई दृढतापूर्वक कायम राख्ने, जनतन्त्र र नागरिक स्वतन्त्रताका लागि अनि समाजवाद तथा साम्यवादका लागि निरन्तर लड्ने कार्लमाक्र्सले जस्तो विश्वलाई दृष्टि प्रदान गरेका छन् त्यस्तो विश्वका लागि संघर्ष गर्ने आफ्नो प्रण र उत्साह नयाँ किसिमले दोहो¥याएका छन् । त्यसैले विश्वका धेरै क्रान्तिकारीहरूले कार्लमाक्र्सको जन्मको द्वि–शतवार्षिकी मनाउने क्रममा(२०१८मा) उनले देखाएको क्रान्तिकारी बाटोमा हिँड्नका लागि नवयुवाहरूलाई प्रेरित गर्न र विश्वलाई समाजवाद र समाजवादको दिशामा बदल्ने नाराको आत्मा(मूख्य अन्तरबस्तु)लाई उच्च उठाउनका लागि माक्र्सका विचारहरू प्रचारित गरेका हुन् ।

हुन पनि आज नवउदारवादअन्तर्गत पुँजीवादी–साम्राज्यवादी व्यवस्था आफ्नो लामो इतिहासमा सबैभन्दा नराम्रोसँग अझ दीर्घकालीन संकटका बीचबाट गुज्रिरहेको छ । सामाजिक जीवनका सबै परिक्षेत्र जसमा विज्ञान र प्रविधिको अत्याधुनिक ताजा प्रगति पनि सामेल छ, मुठ्ठीभर कर्पोरेट खर्ब पतिहरूको कब्जामा छ । गरिबी, भोक, बेरोजागारी, विस्थापन, पलायन, सम्पत्तिहरण, असमानता, असुरक्षायुक्त खतरा, पर्यावरण विनाश, सांस्कृतिक अधपत्तन आदि इत्यादि जस्ता गम्भीर विषयबस्तुहरू अत्यन्तै नराम्रो स्थितिमा पुगिसकेका छन् । एउटा सामाजिक व्यवस्थाको रूपमा पुँजीवाद–साम्राज्यवाद आज काल–दोषको सिकार भएको छ । यस अनुकूल बस्तुनिष्ठ परिस्थिति उपस्थिति हुँदाहुँदै पनि वामपन्थी तथा कम्युनिस्ट आन्दोलन आज कमजोर अवस्थामा छ । त्यो यस स्थितिमा छैन कि त्यसले मजदुर वर्ग तथा उत्पीडित जन समुदायका बीचमा उत्पन्न र व्याप्त असन्तोषलाई क्रान्तिकारी बाटो प्रदान गर्न सकोस् । आज कम्युनिस्ट, वामपन्थी र प्रगतिशील शक्तिहरूको एउटा मूख्य कमजोरी के देखापरेको छ भने त्यो शक्ति विश्वका जनवादी, समाजवादी आन्दोलनका विगतका सकारात्मक र नकारात्मक प्रयोगहरूबाट उचित र आवश्यक शिक्षा लिन र त्यस अनुरूप राजनीतिको विकास गर्न असक्षम देखिएको छ ।

त्यसले गर्दा विखण्डित र विचलित विगतका समाजवादी देशहरूको नोकरशाही र केन्द्रिकित राज्यतन्त्रको नाममा स्वतन्त्र बजारका प्रवक्ता र नवउदारवादी विचारको वकालतकर्ता उत्तर आधुनिकवादीहरूले माक्र्सवादमाथि जोडदार हमला गरिरहेका छन् । माक्र्सवादी शिक्षासँग यान्त्रिक र जडसूत्रादी किसिमले टाँस्सिरहनुका साथसाथै ऐतिहासिक तथा सामाजिक विशेषता तथा परिस्थिति अनुरूप माक्र्सवादलाई अझ विकास गर्नमा असक्षम रहनाले पनि शोषणकारी वर्ग शत्रुलाई ‘माक्र्सवादको मृत्यु’को घोषणा गर्न बल प्रदान ग¥यो । यसका अतिरिक्त ‘विचारधारको अन्त्य’, ‘इतिहासको अन्त्य’, ‘उत्तर–वैचारिक राजनीति’ जस्ता चरम दक्षिणपन्थी भविष्यवाणी गर्नका लागि पनि अनुकूल माहोल बनेको हो । तर, यस्तै प्रतिकूल समय र स्थिति हुँदाहुँदै पनि प्रायः सबैजसो ठाउँहरूमा मजदुर वर्ग तथा उत्पीडित जनसमुदाय विश्वभरी संघर्षरत छन् ।

आज विश्वमा अनौपचारिक तथा असंगठित तप्का निकै ठूलो स्तरमा संगठित हुँदै गएको पनि देखिँदै आएको छ । त्यसमा शोषित उत्पीडित वर्ग–मजदुर, किसान, महिला, प्रवासी शरणार्थीहरू र उत्पीडित जनसमुदायहरूले आफ्नो हक अतिकारको माग पनि गरिरहेका छन् । यसले गर्दा के दिनप्रतिदिन स्पष्ट हुँदै अएको छ भने विद्यमान मानव र प्रकृतिको निर्मम दोहन गर्ने नव–उदारवादी व्यवस्थाअन्तर्गत चौतर्फी संकट खडा भएको र त्यसको समाधान यस व्यवस्थामा हुन सक्तैन भन्ने पुनः प्रष्ट भएको छ ।

यस अत्यन्तै संकटपूर्ण स्थितिमा माक्र्सका योगदाहरूलाई पुनः गम्भीर अध्ययन, चिन्तन र मनन गर्नु अत्यन्तै महत्वपूर्ण र आवश्यक छ । केही मानिसहरूले बुझ्ने र भन्ने गरेजस्तो माक्र्सवाद विचारहरूको अमूर्त संकलन होइन, यो वैज्ञानिक र व्यावहारिक दुबै विचार हो । यसले कसैमाथि केही थोपर्दैन, बरु बस्तुनिष्ठरूपमा विद्यमान सामाजिक सम्बन्धहरूबाट सुरु गर्दछ र त्यसबाट पार पाउने प्रक्रियामा माक्र्सवादले आफूलाई विकसित तुल्याउँदछ । यसले कसैलाई समस्या समाधान गर्ने मसिहा बनाउँदैन बरु जनताले स्वयं राजनीतिक चेतनबाट सुसज्जित बनेर आफ्नो अस्तित्व स्वयं बदल्दछन् भन्ने कुरामा यो एकदमै प्रष्ट छ । माक्र्सलाई कुनै पनि बेला सम्झने गर्दा यस कुरामा ध्यान केन्द्रित गर्नै पर्दछ कि जनता मौजुदा शोषणकारी व्यवस्थालाई बदल्न सचेत, संगठित र संघर्षशील भएर स्वयं अघि बढछन् । विश्व समाजको परिवर्तनको इतिहास यस्तै रहेको छ । त्यसै संघर्षको क्रममा नै नेतृत्वको जन्म र विकास पनि हुने गर्दछ ।

प्रतिक्रिया