जननायक मदन भण्डारी विचार र सन्दर्भ

चितवनको दासढुंगामा २०५० जेठ ३ गते जननेता भण्डारी तथा अर्का प्रभावशाली नेता जीवराज आश्रितको अकल्पनीय निधनले सिंगो मुलुक स्तब्ध रह्यो । राजनीतिकवृत्त, मिडिया तथा आमजनताले त्यो स्तब्धकारी घटनालाई निकै कारुणिक परिदृष्यको दुर्घटनाका रूपमा लिए । त्यो क्षति सिंगो मुलुक र नेकपा एमाले पार्टी र कम्यनिुस्ट आन्दोलनका लागि थियो । अकल्पनीय निधनको घटना कसैले पनि सहजरूपमा लिन सक्ने थिएन । नेपाली राजनीतिको एक नायकको इहलीला समाप्त भयो ।

मनोहर कार्की

नेपालको राजनीतिमा पृथक परिचय जननेता मदन भण्डारीको आयामलाई लिन सकिन्छ । कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशाबोध दिने जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा राजनीतिकवृत्तमा मदन भण्डारी परिचित नाम हो । कम्युनिस्ट आन्दोलन र त्यसका सैद्धान्तिक पाटाका समयोचित विश्लेषण गर्ने सिद्धान्तकारका रूपमा नेता भण्डारीलाई लिन सकिन्छ । भण्डारी कुशल संगठक, सिद्धान्तनिष्ठ र व्यावहारिक नेताका रूपमा लौकिक जीवनकालमा जति परिचित हुनुभयो, उहाँको असामयिक, स्तव्धकारी तथा अप्रत्यासित निधनले तात्कालिक नेपालको राजनीतिमा अपूरणीय क्षति भयो ।

उहाँको जन्म पिता देविप्रसाद भण्डारी र माता चन्द्रकुमारी भण्डारीको माइलो पुत्रका रूपमा २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । २०१५ सालमा गाउँको स्थानीय हिउँदे पाठशालाबाट औपचारिक शिक्षा आरम्भ गर्नुभएका भण्डारी सानैदेखि तीष्ण बुद्धिका हुनुहुन्थ्यो । राजनीति र सामाजिक रूपान्तरणमा गहिरो रुचि रहेका भण्डारी कम्युनिस्ट चरित्र र माक्र्सवादको द्वन्द्वात्मक भौतिकवादी विचारबाट निकै प्रभावित भई तात्कालिक नेकपा मालेका उच्च नेताका रूपमा स्थापित हुनुभयो । जनआन्दोलन २०४६ सालमा बाममोर्चाबाट सक्रिय भण्डारी बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात तात्कालिक नेकपा माले र मनमोहन अधिकारीको नेतृत्वको नेकपा माक्र्सवादीको एकता पश्चात गठन भएको नेकपा एमालेको शक्तिशाली महासचिव हुनुभयो । लेलिनद्वारा स्थापित पहिलो माक्र्सवादी सिद्धान्तमा आधारित सोभियत कम्युनिस्ट व्यवस्था असफल भएपछिको कम्युनिस्ट आन्दोलनको रक्षात्मक अवस्थामा नेपालमा कम्युनिस्ट आन्दोलनको सिर्जनात्मक प्रयोगधर्मी विचारक भण्डारीले जनताको बहुदलीय जनवाद बहुलवादी राजनीतिक प्रतिस्पर्धाका आधारशीला स्थापित गर्नुभयो ।

जनआन्दोलन २०४६ द्वारा बहुदलीय शासन व्यवस्थाको स्थापना तथा नेपाल अधिराज्यको संविधान २०४७ जनताले प्राप्त गरेपश्चात सम्पन्न भएको व्यवस्थापिका संसद्को पहिलो निर्वाचनमा विजयी भई संसद् सदस्य बन्नुभयो । नेता भण्डारी लौकिक जीवनको असामयिक मृत्यु अघिसम्म संसद् सदस्य हुनुबाहेक अरू सार्वजनिक पद लिनुभएन । जसका कारण उहाँलाई बाहिरी दुनियाँले कमै चिनेको सन्दर्भमा सन् १९९१ मा विश्व प्रसिद्ध अमेरिकी पत्रिका न्युजविकले उहाँको अन्तर्वार्ता प्रकाशित ग¥यो । जसले भण्डारीका विचार, माक्र्सवादको सामयिक प्रयोग, नेपालको कम्युनिस्ट आन्दोलनका विविध आयाममा उहाँका सारपूर्ण विचार प्रवाह ग¥यो । त्यो ऐतिहासिक अन्तवार्ता ‘नेपालमा कार्ल माक्र्स बस्नुहुन्छ’ भन्ने शीर्षकमा सम्प्रेषण भएको थियो ।

साथै निधनको केही समयअघि भारतको कोलकातामा सन् १९९३ मा सम्पन्न भएको विश्वका २४ देशका कम्युनिस्ट पार्टीको कंग्रेसमा भण्डारीको माक्र्सवादी चिन्तन र दृष्टिकोण सम्बन्धमा सारपूर्ण कार्यपत्र प्रस्तुत भएको थियो । भण्डारीको विचार २१औँ शताब्दीको कम्युनिस्ट आन्दोलन र माक्र्सवादको सामयिक र व्यावहारिक धरातलमा उभिएको राजनीतिक सिद्धान्त र दर्शनका रूपमा स्थापित भयो । जनताको बहुदलीय जनवाद, संक्षिप्तमा जबजका रूपमा आमबुझाइको मान्यता बोकेको छ । नेकपा एमालेको राजनीतिक तथा वैचारिक सिद्धान्तका रूपमा पछिल्लो समयमा स्वीकार्यतालाई स्थापित गरेको छ । उहाँको जबजलाई नेकपा एमालेको पाँचौँ राष्ट्रिय अधिवेशनले अनुमोदन गरेपश्चात त्यस पार्टीको आधिकारिक वैचारिक तथा सैद्धान्तिक विचारधाराका रूपमा निरन्तर नेकपा एमालेले ग्रहण गरी आएको छ । साथै जबजको विचार नेपालको कम्युनिस्ट आन्दोलनमा एक महत्त्वपूर्ण समयसापेक्ष विचार र राजनीतिक आधारशीलाका रूपमा स्थापित हुन सकेको छ । जबज विचार नेपालको भूराजनीतिक अवस्था तथा माक्र्सवादको समचीनि व्याख्या र उपयोगका आधारमा माक्र्सवादी सिद्धान्तको आधार सिद्धान्तसमेत रहन सक्यो ।

२०४६ सालको ऐतिहासिक जनआन्दोलनका अघि पछिका राजनीतिक घटनाका विकासक्रमसँगै संयुक्त जनआन्दोलनका सफलतापश्चात नेपालमा ३० वर्षीय निरंकुश पञ्चायती व्यवस्थाको अवसान र खुल्ला राजनीतिक परिवेशमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनाले नयाँ युगको थालनी भयो । नेता भण्डारीले कम्युनिस्ट विचारको वैचारिक धरातलमा पृथक राजनीतिक विचार जनताको बहुदलीय जनवाद (जबज)लाई नेकपा एमालेको विचार र मार्गदर्शका सिद्धान्तका रूपमा अघि सार्नुभयो । कम्युनिस्ट आन्दोलनको वैचारिक आयामको प्रायोगिकतालाई हालको नेकपा एमाले र एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीले पनि वैचारिक तथा सैद्धान्तिक आधारशीलाका बिउपुँजीका रूपमा लिई आएका छन् ।

चितवनको दासढुंगामा २०५० जेठ ३ गते जननेता भण्डारी तथा अर्का प्रभावशाली नेता जीवराज आश्रितको अकल्पनीय निधनले सिंगो मुलुक स्तब्ध रह्यो । राजनीतिकवृत्त, मिडिया तथा आमजनताले त्यो स्तब्धकारी घटनालाई निकै कारुणिक परिदृष्यको दुर्घटनाका रूपमा लिए । त्यो क्षति सिंगो मुलुक र नेकपा एमाले पार्टी र कम्यनिुस्ट आन्दोलनका लागि थियो । अकल्पनीय निधनको घटना कसैले पनि सहजरूपमा लिन सक्ने थिएन । नेपाली राजनीतिको एक नायकको इहलीला समाप्त भयो, तर उहाँका विचार, कम्युनिस्ट सिद्धान्त तथा मूल्यको वैचारिक राजनीति नेपालको राजनीतिक पाटामा चीरस्थायी रहला नै । विश्व कम्युनिस्ट आन्दोलनमा उहाँद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादले फरक पहिचानसहित नयाँ उचाइ प्राप्त ग¥यो । जनताको बहुदलीय जनवादको प्रतिपादकका रूपमा नेपाली जनता र विश्व कम्युनिस्ट आन्दोलनको क्षेत्रमा मदन भण्डारी चीरस्मरणीय रहन्छन् । माक्र्सवादी विचारको नवीनतम प्रयोग विचार र मूल्य, जनसंगठन र जनताका प्रतिनिधिमूलक संस्थाका माध्यमबाट अघि बढाउने मान्यताको प्रयोग उहाँले गर्नुभयो । त्यो माक्र्सवादको वैज्ञानिकता र गतिशीलताको अभ्यासको निरन्तरता पनि थियो । माक्र्सवादलाई गतिशील तथा समयानुकूल प्रयोगको आयामका रूपमा जवजको सिद्धान्त रहनसक्यो ।

जनताको बहुदलीय जनवाद, बहुलवाद र बहु विचारको पृष्ठभूमिमा अन्य विचार र सिद्धान्तलाई पनि प्रतिस्पर्धाको खुला राजनीतिमा बोध र स्वीकार्यता गरियो । २०४६ सालको ऐतिहासिक जनआन्दोलनको उपलब्धीपश्चात पुनस्र्थापित बहुदलीय व्यवस्था र संविधानमा व्यवस्था भएको जनताको प्रतिनिधिमुलक संस्था व्यवस्थापिका संसद् तथा तल्लो तहका स्थानीय निकायको प्रत्यक्ष निर्वाचनमा नेकपा एमाले सहभागी भयो । जबजको वैचारिक धरातलमा राजनीतिक प्रतिस्पर्धामा भाग लिएर जनताका निर्वाचित संस्थाका माध्यमबाट शासन र विकासमा सहभागिताको स्वस्थ अभ्यास तात्कालिक नेकपा एमालेले ग¥यो । साथै प्रतिनिधिसभा र स्थानीय निर्वाचनमा एमाले मुलुकको दोस्रो ठूलो दल तथा नेपाली राजनीतिको प्रमुख शक्तिका रूपमा स्थापित हुनसक्यो । उहाँको विचार र सिद्धान्तको जनस्वीकृतिका रूपमा लिन सकिन्छ ।

भण्डारी वैचारिक सिद्धान्तकार थिए नै । ‘सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्दछ’, उहाँको मान्यता थियो । साथै ‘अनुशासनविनाको स्वतन्त्रता स्वेच्छाचारी हुन्छ र स्वतन्त्रताविनाको अनुशासन निरंकुशतन्त्र हुन्छ’ भन्ने मान्यतालाई उहाँले जोडदार रूपमा पैरबी गर्नुभयो । क्रान्ति यथास्थितिको मात्रात्मक विकल्प होइन, त्यो गुणात्मकक पद्धती र राज्य सञ्चालनको उत्कृष्ट अभ्यास हुनुपर्छ भन्ने मान्यता स्थापित गर्नुभयो । उहाँमा मास पोलिटिकल लिडरका गुण पनि कम थिएनन् । बहुदलीय व्यवस्थाको पुनस्र्थापना पछिको पहिलो संसद्को निर्वाचनका दौरानमा नेता भण्डारीको मास पोलिटिकल लिडरको क्षमता आमनेपाली जनताले देखेकै हुन्, अनुभव गरेकै हुन् । समकालिक राजनीतिकवृत्तमा कुशल र प्रखरवक्ताको छवि बनाउन सक्नुभयो । कुशल संगठक भएरै पञ्चायती र्निदलीय (एक दलीय) व्यवस्थाको प्रतिकुल परिस्थितिमा पार्टीे संगठन चलायमान गर्ने चुनौती थिए । राजनीतिक आयाम र परिस्थितिको मिहिन विश्लेषण क्षमताले तात्कालीक नेकपा माले र नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) नेपाल कम्युनिस्ट पार्टी एकीकरण सम्भव भयो । साथै एकीकृत पार्टी नेकपा एमालेको महासचिवको महत्त्वपूर्ण जिम्मेवारी भण्डारीले कुशलतापूर्वक निर्वाह गर्नुभयो ।

भण्डारीका विचारहरू सामयिक थिए, समाजवादी आन्दोलनलाई नयाँ शिराबाट व्याख्या र विश्लेषण गर्ने कुशल भाष्यकारका रूपमा लिन सकिन्छ । विशेषतः पश्चिमा विश्वमा आएको उदारवाद तथा खुल्ला राजनीतिक प्रतिस्पर्धामा समाजवादी विचारलाई कसरी स्थापित गर्न सकिन्छ र तात्कालिक पूर्वी युरोपलगायत सोभियत संघको विघठन र अवसानपछि विश्व कम्युनिस्ट आन्दोलन नै अवसानको दुर्गतिको बाटोमा थियो । पूनर्जागरणको टड्कारो प्रतिछायामा नविन वैचारिक सोपान जनताको बहुदलीय जनवाद थियो । जबजको प्रयोग र व्याख्याको व्यवहारिकता पुष्टि गर्न भण्डारी सफल हुनुभयो ।

समग्र कम्युनिस्ट आन्दोलन र समाजवादी विचारको पुनर्चिन्तनको अग्रज अभियन्ताभन्दा कन्जुस्याइँ नरहला । विचार स्वीकृत र अस्वीकृतका पाटा होलान् र रहलान् । जनताको बहुदलीय जनवादको विचार विगतका लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलनका राजनीतिक अभ्यास तथा प्रयोगमा जीवन्त रहने प्रयास गर्ला । माक्र्सवादी चिन्तनले गतिशीलता र द्वन्द्वात्मकतालाई बोकेको छ । विचार र सिद्धान्तको द्वन्द्वात्मकता, वर्गीय पहिचानको आवश्यकतालाई माक्र्सवादको आधार हो । माक्र्सवादको प्रायोगिकताको धरातलमा जनताको बहुदलीय जनवादको व्याख्या र प्रयोग हुनुमा कसैको दुईमत नरहला । हिजो कार्ल माक्र्सले पनि हेगेलको द्वन्द्ववाद र फायरबाखका भौतिकवादी सिद्धान्त र विचारलाई संम्लेषण गर्दै माक्र्सवादी कम्युनिस्ट सिद्धान्त उजिल्याएका हुन् ।

नेपाली कम्युनिस्ट राजनीतिकका एक शिखर व्यक्तित्व मदन भण्डारीको जनताको बहुदलीय जनवादको प्रायोगिकता र एकहदसम्म माक्र्सवादको सान्दर्भिक उपयोगको आयामेली पाटो रहिरहला । जसले नेपाली कम्युनिस्ट आन्दोलन र विश्व कम्युनिस्ट आन्दोलनमा स्पष्ट प्रभाव छोडेको छ । साथै जबज र नेपाली कम्युनिस्ट आन्दोलन अघि बढाउनमा दीर्घकालीन समचीनि विश्लेषणको पाटो रहला ।

प्रतिक्रिया