पर्यटन प्रवर्द्धन कार्यक्रम र पत्रकार महासंघ

हृदय भुसाल

आर्थिक विकासको प्रमुख आधार पर्यटन क्षेत्र हो । पर्यटन क्षेत्रको विकास रोजगार र आर्थिकसँग जोडिन्छ । विशेषगरी संस्कृति प्रकृृति र धर्मलाई पर्यटनसँग जोड्न सकिन्छ । सरकारले पर्यटन क्षेत्रलाई आर्थिक विकासको दिगो लक्ष्यमा राखेको छ । तर, सो अनुसारको चिनारी भने कम भएको पाइन्छ । कतिपय पर्र्यटकीय स्थलहरूको संरचनाको अभाव छ भने कतिपय पर्यटकीय स्थलहरूको प्रचारको अभावमा ओझेलमा छन् । पर्यटकीय क्षेत्रको विकासका लागि सरकारले बर्सेनि पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति हासिल हुन सकेको छैन । नेपालमा पछिल्लो समय आन्तरिक पर्यटकको संख्या बढे पनि बाह्य पर्यटकहरूको भने उल्लेख्य मात्रमा आकर्षण बढ्न सकिरहेको छैन । पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न, पहँुच आकर्षण सुविधा र आकर्षणका लागि सरकार र निजी क्षेत्र दुवैको भूमिका महत्वपूर्ण छ ।

पछिल्लो समय सूचना प्रविधिको बढ्दो विकाससँगै प्रचारप्रसारले केही गति लिएको छ तर यो प्रर्याप्त छैन । स्थानीय स्तरमा भएका पर्यटकीय गन्तव्य नागरिकलाई रोजगारसँग जोड्न सीप र आयस्तर वृद्धि गर्नेतिर जोड्नुपर्छ । पर्यटन क्षेत्रको विकासका लागि संस्कृति संस्कारको पनि उत्तिकै भूमिका रहन्छ । खाद्यान्न उत्पादन पनि पर्यटनसँग जोडिएको छ । स्थानीय स्तरमा उत्पादन भएको उत्पादनलाई बजारीकरण गर्न सकियो अर्थात स्थानीय उत्पादनलाई बाहिर प्रचारप्रसारमा ल्याउन सकेका स्थानीय स्तरको आयआर्जनमा वृद्धि गर्न सकिन्छ ।

हाम्रा आफ्नै प्रकारका रीतिरिवाज छन्, हामी विभिन्न धर्म संस्कृतिसँग जोडिएका छौँ । स्थानीय स्तरमा हुने उत्पादनलाई ब्रान्डको रूपमा विकास गर्न सक्यौँ भने किसानको आयस्तर बढ्नुका साथै पर्यटन क्षेत्रको विकास पनि हुन्छ । स्थानीय नागरिकले गरेका काम उत्पादनलाई कहीँ न कहीँ पर्यटनसँग जोड्नुपर्छ । यसरी परम्परागत रूपमा पेसा व्यवसाय गरेका मानिसहरूलाई पनि प्रचारमार्फत आकर्षण गरी जोड्न र थप प्रेरणा दिन सकिन्छ ।

अर्घाखाँचीको प्रसिद्ध धार्मिक स्थल सुपादेउरालीमा देश विदेश खासगरी भारतबाट हजारौँ पर्यटकहरू आउने गरेको पाइन्छ । उनीहरूले यहाँको स्थानीय बस्तुभन्दा पनि आफ्नै बस्तु अझै पनि प्रयोग गरेको पाइन्छ । यस्तो खालको पर्यटनबाट स्थानीय स्तरको आर्थिक विकास गर्न सकिँदैन । उनीहरूलाई कमसेकम कम्तिमा स्वेच्छिक रूपमै खर्च गर्ने किसिमको वातावरण निर्माणका लागि तीनै तहका सरकार र सरोकारवाला जिम्मेवार बन्नुपर्छ । निजी क्षेत्रको सहकार्यमा ठाउँठाउँमा पर्यटकीय स्थलसम्म पुगेर खर्च गर्ने वातावरण बनाउनुपर्छ । यसका लागि स्थान, स्थानीय उत्पादन, महत्वको बारेमा मिडियाले नै उजागर गरी पर्यटकलाई आकर्षण गर्नुको अर्को विकल्प छैन । त्यसका लागि मिडियाले विशेष भूमिका खेल्नुपर्दछ ।

पर्यटन क्षेत्र विकासको प्रमुख आधार हो । विश्वका ठूला देशहरूले पर्यटन क्षेत्रलाई अर्थतन्त्रको बलियो खम्बा मान्ने गर्दछन् । पर्यटन प्रवद्र्धनका लागि ठूलो लगानीमा आफैँ विभिन्न प्रकारका आकर्षक केन्द्रहरू निर्माण गरिन्छ । नेपाल सुन्दर देश हो, त्यसमध्ये अर्घाखाँची जिल्ला अझ सुन्दर छ । यहाँ धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक, प्राकृतिक पर्यटकीय गन्तव्यहरू अध्ययन अवलोकनका लागि भए पनि प्रर्याप्त प्रचारको कमीले गर्दा यी सबै कामहरू ओझेलमा परेको स्थानीयहरूले गुनासो गरिरहेका छन् । निजीक्षेत्र र सरकारको समन्वय र आर्थिक विकासको व्यवस्थित कुनै कार्ययोजना छैन । स्थानीय सरकारले पर्यटनका लागि बजेट विनियोजन गरेको कमै पाइन्छ । धेरै बजेट पूर्वाधार केन्द्रित देखिन्छ । यसका लागि मिडियाको क्षेत्रबाट निरन्तर सरोकारवालाको ध्यानाकर्षण र पैरवी गर्नुपर्ने बेला आएको देखिन्छ ।

अर्घाखाँची जिल्लाको समग्र आर्थिक विकास, पर्यटन प्रवद्र्धनका साथै स्थानीय रोजगारीका लागि पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न आवश्यकता रहेको निष्कर्षका साथ नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको बैठकले उक्त कार्यक्रम सञ्चालन गर्नका लागि सरोकारवाला निकायसँग अन्तरक्रिया गरी अगाडि बढेको छ । अन्तरक्रिया कार्यक्रममा जिल्लाकै जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, राष्ट्रसेवक कर्मचारीहरू, विभिन्न निजी क्षेत्रका महानुभावहरू, गैरसरकारी संघ, संस्था, बुद्धिजीवी सहकारी, पत्रकार तथा अन्य सरोकारवालासमेतले वडा तहसम्म प्रभावकारी कार्यक्रमका लागि चिन्ता व्यक्त गरेका थिए । प्रवद्र्धनात्मक र प्रचारात्मक कार्यक्रमको आवश्यकता छ भन्ने कुरा पुष्टि भएपछि निश्चित कार्यक्रम र कार्ययोजना तय गरी नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभियानको गत माघ १ गते उद्घाटन गरेका छन् ।

अर्घाखाँची जिल्लामा बसोवास गर्दै आएका आमनागरिकहरू आर्थिक विकास र रोजगारी, स्वास्थ्य, शिक्षाको खोजीका लागि दैनिकजसो बसाइँसराइ गर्ने गरिरहेको हामीहरूलाई सर्वविधितै छ । यो क्रम नरोकिनुमा हामी सबैैको चिन्तन सार्वजनिक विषय हो । हुँदै जाँदा आज देशभरका बढी बसाइँसराइ गर्ने १० जिल्ला मध्ये अर्घाखाँचीको पनि तथ्यांक अघि भेटाउन सकिन्छ । कोभिडले थला परेको उद्योग व्यापार तथा सिंगो आर्थिक अवस्था, अझै पनि उस्कन सकेको छैन । जिल्लाभरि नै बेरोजगारी र आर्थिक अभावले निकै सास्ती बेहोर्नुपरेको तितो यथार्थ तपाईं हाम्रो बीचमा छर्लंग छ ।

उक्त बस्तुगत अवस्थालाई आत्मसाथ गर्दै पर्यटन प्रवद्र्धनका माध्यमबाट आर्थिक विकास, पर्यटन प्रवद्र्धन तथा स्थानीय रोजगारी सिर्जना गरी अर्घाखाँची जिल्लाको तीव्र बसाइँसराइलाई कम गर्ने, जिल्लाको पहिचानलाई विकास गरी प्रचारप्रसारका साथै विभिन्न माध्यमबाट आकर्षण पैदा गरी समग्र जिल्लाका सबै पक्षलाई आम्दानी हुने तथा सबै क्षेत्र थप चलायमान गराउने गरी दैनिकजसो लुम्बिनी आउने हजारौँ संख्याको पर्यटकहरूलाई सुपादेउराली ल्याउने र सुपादेउराली आउने पर्यटकलाई जिल्लाका अन्यत्र स्थानमा लैजाने मुख्य उद्देश्यका साथ यो अभियान सञ्चालन गर्न खोजिएको पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले बताए ।

यो अभियान सञ्चालनका लागि जिल्लास्तरका सरोकारवाला पालिकास्तर र वडा स्तरमा समेत अन्तरक्रिया गरी अब अभियान चरणमा अगाडि बढेको छ । जिल्लाका सांस्कृतिक धार्मिक ऐतिहासिक पुरातात्विक र प्राकृतिक मनोरम पर्यटकीयक स्थलहरूको प्रचारात्मक तथा प्रवद्र्धनात्मक कार्य गर्ने अभियानमा विभिन्न गतिविधि सञ्चालन हुँदै आएका छन् ।

अनुपम प्राकृतिक सौन्दर्यता, प्रचुर जैविक विविधता बहुजातीय, बहुभाषिक, बहुधार्मिक सामाजिक विविधता एवं ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण अर्घाखाँची पर्यटन मानचित्रमा निकै राम्रो सम्पदाहरू भएको सुपरिचित जिल्ल्ला हो । विज्ञान सूचना प्रविधिको विकाससँगै अर्घाखाँची जिल्लाको पर्यटकीय सम्भावना र विकास निकै बढ्दो अवस्थामा रहेको छ ।

अर्घाखाँची जिल्ला पर्यटकीय हिसाबले प्रचुर सम्भावना भएको ऐतिहासिक जिल्ला हो । अर्घाखाँची जिल्लामा पर्यटनको लामो इतिहास छैन । ५० को दशकबाट पर्यटनका क्षेत्रमा केही कामहरू सुरुआत भएको पाइन्छ । नयाँ ठाउँ नयाँ कुरा र सधँै देखिरहेको भन्दा फरक खालको भूगोल तथा अनेक प्रकारका बस्तु पर्यटकहरूका लागि गन्तव्य बन्न सक्छ । अनेक महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू अर्र्घाखाँची जिल्लामा छन् ।

नेपाल एकीकरणपूर्व राज्यहरूको रूपमा रहेका अर्घा र खाँची दुई राज्य यस क्षेत्रमा रहेका र एकीकरणको सिलसिलामा ती दुई राज्य यस क्षेत्रमा रहेको र एकीकरणको सिलसिलामा ती दुई राज्यलाई पाल्पा राज्यमा गाभिएको थियो । एकीकरणपछि अर्घा र खाँची मिलेर अर्घाखाँचीको नामकरण भएको हो । २०१८ सालमा यो जिल्ला गुल्मी जिल्लाअन्तर्गत पर्दथ्यो भने नेपाललाई ७५ जिल्लामा विभाजन गरे पश्चात यो छुट्टै जिल्लाको रूपमा स्थापित भएको हो ।

पूर्वमा पाल्पा, उत्तरमा गुल्मी, पश्चिममा प्युठान तथा दाङ र दक्षिणमा कपिलवस्तु तथा रुपन्देही सीमा क्षेत्र भएको अर्घाखाँची जिल्ला संघीयतापछि ६ वटा पालिकामा विभाजन भएको छ । तीन नगरपालिका र तीन गाउँपालिका रहेका छन् । २०७८ सालको जनगणनाअनुसार अर्घाखाँचीको कुल जनसंख्या १ लाख ७७ हजार ८६ मध्ये महिला ९६ हजार ४ सय १४ र पुरुष ८० हजार ६ सय ७२ रहेको तथ्यांक छ । अर्घाखाँची जिल्ला कुल १ हजार १ सय ९३ वर्गकिलोमिटर क्षेत्रफल रहेको जिल्ला हो । २७०–४५’ देखि २८०–०६’ उत्तरी अक्षांश ८००–४५’ देखि ८३०–२३’ पूर्वी देशान्तरसम्म फैलिएको छ ।

जिल्लाको विकास र समृद्धिको एउटा महत्वपूर्ण क्षेत्र भनेको पर्यटन हो । अर्घाखाँची प्राकृतिक र सांस्कृतिक रूपमा पनि त्यतिकै अब्बल छ । अनेकन खालका विशेषताहरू भएको अर्घाखाँची जिल्ला पर्यटनबाट समृद्धिको उच्चबिन्दुमा पुग्न सकिने मार्गचित्र नै तयार पारी अगाडि बढ्नुपर्ने आवश्यकता रहेको छ ।

अर्घाखाँची जिल्लाको पर्यटकीय हिसाबले विकास गर्ने सकिने धेरै ठाउँहरू भए पनि विगतमा पूर्वाधार विकास र प्रवर्द्धनका कार्यक्रम अपेक्षित ढंगले हुन नसके पनि अबका दिनहरूमा आक्रामक ढंगले जिल्लाका सबैपक्ष एक भएर अघि बढाउनुपर्ने आवश्यकता महसुस गरी यो अभियान अगाडि बढाइएको हो । पर्यटन प्रवद्र्धनका लागि अर्घाखाँची जिल्लाको पर्यटकीयस्थलको क्षेत्र, विशेषता र दुरीसहितको सचित्रको सामग्री प्रकाशन, प्रसारण तथा प्रचारप्रसारले पर्यटकहरूलाई आवश्यक जानकारी लिन तथा आकर्षणका लागि पनि महत्वपूर्ण उपलब्धी हुने भएको हुँदा उक्त कार्यलाई तीव्र गतिका साथ गर्न जरुरी देखिन्छ ।

अर्घाखाँची जिल्लाको सुपादेउरालीजस्तो नेपालकै प्रसिद्ध धार्मिक स्थलमा आउने स्वदेश तथा विदेशका हजारौँ पर्यटकहरूलाई थप व्यवस्थितका साथै देउराली मन्दिरमा आएका पर्यटकहरूलाई हामीहरूले जिल्लाका अन्य पर्यटकीय स्थलहरूमा लैजाने कुनै पनि योजना तथा कार्यक्रम बनाउन सकेका छैनाँै । जिल्लाको पर्यटकीय स्थलहरूलाई आकर्षक गन्तव्यको रूपमा विकास गर्न हामीकहाँ आउने पर्यटहरूले खाली जिल्लाको आर्थिक वृद्धि र स्थानीय रोजगारी सिर्जनामा मात्र सहयोग पुर्याउँदैनन् ।

यिनीहरूले अर्घाखाँची जिल्लाको समृद्ध संस्कृति गौरवशाली इतिहास, सभ्य र मित्रवत समुदायहरूको चिनारीसमेत बोकेर देश विदेशमा फर्किनेछन् । यसले समग्र जिल्ला प्रदेश र नेपालको सान, मान र सम्मानमा वृद्धि गर्नेछ ।

पर्यटन प्रवद्र्धनको मुख्य आधार भनेको भौतिक पूर्वाधारको विकासका साथै प्रचारप्रसार र सही सूचना प्रदान गर्नु हो । अर्घाखाँची जिल्लाको विविध धार्मिक तथा पर्यटकीय स्थलहरूको चिनारीहरू एकै स्थानमा प्राप्त गर्न पर्यटक कठीन भएको गुनासो पनि हामीहरूले समयसमयमा आउने गरेको सुनेकौ छौँ । तसर्थ यस्ता सामान्य गुनासाहरूसँगै पर्यटन विकासका सबै सवालहरूमा सरोकारवाला निकाय उत्तिकै जिम्मेवार बन्न जरुरी छ । पर्यटन क्षेत्रका पनि विभिन्न आयामहरू छन् । पर्यटकहरूलाई अलि धेरै आकर्षण गर्ने क्षेत्र विषय र स्थानहरूको पहिचान गर्न जरुरी हुन्छ जसमध्ये ऐतिहासिक सम्पदाले अलि धेरै ध्यान केन्द्रित गर्न सकिन्छ । संस्कृति, ऐतिहासिक र पुरातात्विक, धार्मिक प्राकृतिक सम्पदा पर्यटकहरूले अध्ययन अवलोकन गर्ने धेरै कुराहरू हुन्छन् । इतिहास पढेको, सुनेको तर पुग्न नपाएको ठाउँमा पुग्दा पर्यटकहरू धेरै नै खुसी हुन्छन् ।

अर्घाखाँची जिल्लाको भुरेटाकुरे राजाहरूको पालादेखि नै ऐतिहासिक महत्व र पहिचान छुट्टै रहँदै आएको सुन्दर डाँडाकाँडा ऐतिहासिक सम्पदा र आफ्नै मौलिक संस्कृति रहेको अर्घाखाँची जिल्ला हिमालसँग नजोडिए पनि तराईको समथर भूमिसँग जोडिएको छ । तर अर्घाखाँचीको विभिन्न पहाडि हिमशृंखलाबाट हिमाल भने पर्यटकहरूले अवलोकन गर्न सक्छन् ।

यस जिल्लाको अर्घा भन्ने स्थानमा रहेको भगवती मन्दिरमा अर्घाको रूपमा दही चढाउँदा देवी निस्किएकीले सो नामबाट अर्घा शब्दको उत्पत्ति भएको र खाँची शब्दको उत्पत्ति भने सरकारले कर असुल गर्ने ठाउँ वा व्यक्तिलाई खजाञ्ची भन्ने प्रचलन भएको तथा त्यो शब्द अपभ्रंश हुन गई खाँची भएको र उक्त दुवै शब्दको मिश्रण गरी यस जिल्लाको नामकरण अर्घाखाँची भएको किम्वदन्ती रहेको छ । नेपालको पूर्व–पश्चिम महेन्द्र राजमार्गले छोएको एक मात्र पहाडी जिल्लाको रूपमा परिचित यस जिल्लामा प्रशिद्ध सुपादेउराली मन्दिर, अर्घा भगवती मन्दिर, मालारानी मन्दिर, नृरसिंह मन्दिर, उलुक छत्रमहाराजको मन्दिर, ऐतिहासिक महत्वको रूपमा अर्घादरबार, खाँची दरवार, बल्कौट पौवा, लामपाटी मथुरा, पाणिनि तपोभूमि, ठाडा दह, पाथीभरा मन्दिर धन्चौर, छहरालगायत दृश्यावलोकनको रूपमा सेङ्गलेङ्ग लगायत नर्तनाञ्चल पर्वत, घेरा लेख, लोहोरीको लेख जस्ता दर्शनीय स्थलहरू रहेका छन् ।

अर्घाखाँची जिल्लामा पर्यटन विकासका केही आधारशिलाहरू ः

कुनै पनि व्यक्तिको आफ्नो व्यक्तिगत पहिचान भनेको उसले आफूले अवलम्बन गरेको धर्म र संस्कृति हो । भौगोलिक प्रभाव वा धार्मिक कारणले त्यो एक ठाउँको मानिसको भन्दा अर्को ठाउँको मानिसको फरक हुन सक्छ । कतिपय अवस्थामा एकै धर्मका मानिसहरूको परम्परा र संस्कृति फरक पनि हुनसक्छ । धर्म, संस्कृति, परम्परा, खानपान, चाडपर्व, संगीत, मानिसका चासोका विषय हुन् भने त्यस विषयसँग सम्बन्धित धार्मिक, सांस्कृतिक ऐतिहासिक र पुरातत्विक स्थल र जीवन्त संस्कृति एवं परम्पराहरू पर्यटकीय रूपमा कहिलै पुराना हुँदैनन् । यिनीहरूले मानिसका लागि त्यत्तिकै दर्शनीय महत्व बोक्दछन् ।

जिल्लामा रहेका पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक स्थलहरू सुपादेउराली, अर्घा भगवती, मालारानी, उलुक छत्रमहाराज, पाणिनि तपोभूमि, बल्कोट पौवा, भुमे मन्दिर आदिजस्ता क्षेत्रमा विद्यमान संस्कृति एवं परम्पराको यथार्थपरक अवस्थाको अवलोकन गर्दै धार्मिक सहिष्णुता र प्रचार–प्रसारमा सकारात्मक भूमिका निर्वाहका लागि धार्मिक तथा सांस्कृतिक क्षेत्रमा पर्यटनकोे विकास गर्न सकिन्छ । यसका लागि लुम्बिनी आउने पर्यटकहरूलाई जिल्लाको सुपादेउराली मन्दिर ल्याउने सुपादेउराली आउने दर्शालु पर्यटकहरूलाई जिल्लाका विभिन्न प्रमुख धार्मिक तथा सांस्कृतिक क्षेत्रको अवलोकन अवसर सृजना गराउनु पर्दछ ।

सामान्यतया पर्यटकहरू आफ्नो व्यस्त र भिडभाडको वा बेफुर्सदी जीवनबाट समय निकालेर केहीबेर केही दिन त्यस्तो स्थानमा यात्रा गर्न चाहन्छन् जहाँ गएर उसले कुनै शारीरिक एवं मानसिक यातना वा दुःखकष्ट बेहोर्नुपर्दैन । स्वास्थ्य अनुकूलको वातावरणमा मनोरञ्जन गरी खुसी प्राप्त गर्नु नै उसको मुख्य उद्देश्य हो । त्यसैले पर्यटनका लागि अनुकूल वातावरणमा मात्र पर्यटनको कल्पना हुन सक्छ । यसका लागि पाणिनि तपोभूमी, सेङ्गलेङ्ग, घेरालेक, नर्तनाञ्चल पर्वत, लोहोरीको लेकलगायत गिद्ध संरक्षित क्षेत्रसम्म पु¥याई अति रोमाञ्चक, आनन्ददायी, अनौठो, मनमोहक क्षेत्रमा रमाउने वातावरण सृजना गर्न सकिन्छ ।

जिल्लाको प्रसिद्ध धार्मिकस्थल सुपादेउराली मन्दिरसम्म आएका भक्तजनहरूलाई सुपादेउराली मन्दिर हुँदै जिल्लाका प्रमुख धार्मिक स्थल, ऐतिहासिकस्थल लगायत दर्शनीय क्षेत्रसम्म पु¥याउनका लागि अर्घाखाँचीवासी तपाईंहामीले तपसिलका कार्यमा जोड दिनुपर्दछ ।

पर्यटन प्रवद्र्धन अभियानमा गरिएका मुख्य कार्यहरू:

नेपाल पत्रकार मंहासंघ अर्घाखाँचीद्वारा सञ्चालन गरिएको अर्घाखाँची पर्यटन प्रवद्र्धन कार्यक्रम २०८० मा गरिने मुख्य कार्यहरू:

 पर्यटन विकास तथा प्रवद्र्धनसम्बन्धी अध्ययन/अनुसन्धान गर्ने ।

 अर्घाखाँची जिल्लाको पर्यटनको वर्तमान अवस्थाबारे जिल्ला, पालिका र वडास्तरमा जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी पर्यटन व्यवसायी र अन्य सरोकावालासँग विभिन्न चरणमा अन्तरक्रिया तथा बैठकहरूको आयोजना गरी पर्यटनबारे छलफल ।

 जिल्ला र अन्तरजिल्लाका मिडियाकर्मीबीच जिल्लाको पर्यटनको अवस्था रिपोर्टिङ त्यसको प्रभाव र विगतको पर्यटन समाचार प्रकाशन प्रसारणबारे छलफल र बैठक गर्ने ।

 जिल्लाका करिब ७० जना पत्रकारहरूलाई पर्यटन रिपोटिङ तालिम सञ्चालन गर्ने ।

 मिडियाकर्मी र निजीक्षेत्र÷पर्यटन व्यवसायीबीच पटकपटक बैठक बस्ने ।

 जिल्लाको पर्यटकीय गन्तव्यको नक्सांकन गर्ने ।

 नेपाल एसोसियन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स लुम्बिनी प्रदेशको टिम र सोसँग सम्बन्धित सरोकारवालसँग बैठक तथा छलफल गरी ठोस योजना बनाउने ।

 जिल्लाका पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गर्ने ।

 अभियानका मुख्य प्रचार टिम पत्रकारकै करिब सय जनाको बनाउने ।

 पत्रकारको प्रमुख टिमले दैनिक एउटा समाचार अनिवार्य बनाउने ।

 पत्रकार टिमलाई पर्यटन प्रवद्र्धनको लोगो सहितको ज्याकेट, टोपी, झोला, ब्याच र कलम उपलब्ध गराई पहिचानसहित करिब दुई महिना पर्यटन रिपोटिङका लागि फिल्डमा पठाउने ।

 जिल्लाको पर्यटनका पहिचान गर्नेगरी बुक्लेट÷ब्रोसर÷डकुमेन्ट्री बनाएर विभिन्न स्थानमा देखाउने र विभिन्न चरणका कार्यक्रम गर्ने ।

 नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीबाट अभियानको शुभारम्भ गर्ने साथै गरिएको ।

 पर्यटनसम्बन्धी कलाकारद्वारा जिङ्गल निर्माण गरी करिब दुई महिना टेलिकमसँग सम्झौता सिआरबिटी बजाउने ।

 जिल्ला भित्रने प्रवेशद्वारदेखि सदरमुकाम र अन्य मुख्य स्थानमा होर्डिङ बोर्ड, फ्याक्स बोर्ड र केही मुख्य ठाउँमा टिजिटल बोर्ड राख्ने ।

 जिल्लाका पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी कार्यक्रम गर्ने ।

 जिल्लास्तरीय प्रर्यटन प्रवद्र्धन सामाजिक सञ्जाल प्रतियोगिताको आयोजना गर्ने र पुरस्कृत गर्ने

 जिल्लाका माध्यमिक विद्यालयमा पर्यटन विषयक निबन्ध, वक्तृत्वकला र चित्रकला प्रतियोगिताको आयोजना गर्ने गराउने र पुरस्कारको व्यवस्था गर्ने । उत्कृष्ट प्रतिभाको मिडियाद्वारा प्रतिभा प्रकाशन प्रसारण गर्ने ।

 जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यमा एकैपटक जिल्लाका सबै पत्रकारको टिम पुगी सरोकारवालाहरूसहित रिपोर्टिङ गर्ने ।

 देशका मुख्य १० सहरमा जिल्लाका कम्तीमा १२ जनाको टोली गई प्रचार सामग्रीसहित अन्तरक्रिया र छलफल र स्वागत अर्घाखाँची कार्यक्रम सञ्चालन गर्ने ।

 भारतका कुनै दुई ठाउँमा स्वागत अर्घाखाँची कार्यक्रम गर्ने ।

 धभअियmभ तय ब्चनजबपजबलअजष् धभदकष्तभ संस्थागत रूपमा सञ्चालनमा ल्याउने ।

 स्थानीय उत्पादनको केही स्थानमा रैथाने खाना महोत्सव गर्ने ।

 सञ्चार पर्यटन प्रवद्र्धन पदयात्रा ।

 पर्यटन प्रवद्र्धनसम्बन्धी स्थानीय तहसँग विभिन्न चरणमा पैरवी छलफल गर्ने आवश्यक ऐन कार्यविधि बनाउन पहल गर्ने ।

 पर्यटकीय गन्तव्यको व्यवस्थापन समिति संरक्षकसँग अवस्था चुनौति अवसरबारे छलफल गर्ने ।

 पर्यटन स्वागत र प्रवद्र्धनका लागि दीप प्रज्वलन ।

 यातायात क्षेत्रसँग स्वागत अर्घाखाँची प्रचार कार्यक्रम ।

 मुख्यगरी लुम्बिनी र सुपादेउराली मन्दिरमा सूचना डेक्स तयार गर्ने र विभिन्न प्रचार सामग्रीसहित कार्यक्रम चलाउने ।

 नगर र जिल्ला स्तरमा पनि पर्यटन प्रवद्र्धन समिति निमार्णका लागि पहल गर्ने ।

 मिडिया र पर्यटन दुई महिने रेडियो कार्यक्रम जिल्लाका सबै रेडियोबाट सञ्चालन गर्ने ।

 जिल्लावासी जिल्लाबाहिर रहेर विभिन्न पेसा, व्यवसाय रोजगारी गर्दै आउनुभएकाहरूसँग छलफल गरी पर्यटन प्रवद्र्धनका लागि समिति बनाई जिल्लामा स्वागत गर्ने कार्यक्रम गर्ने ।

 दैनिक पाँच मिनेट जिल्लाका मुख्य मिडियाबाट पर्यटन डायरी समाचार नै बनाउने

 जिल्लाबाट सञ्चालन हुने अनलाइन मिडिया र सामाजिक सञ्जाललाई बुस्ट गरी थप प्रचारलाई थप प्रभावकरी बनाउने ।

 विदेशमा रहनुहुने अर्घाखाँचीवासीसँग लगानी अर्घाखाँची कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने ।

 गरेका कार्यप्रगति विभिन्न डकुमेन्ट, जिल्ला पर्यटनका लागि चाहिने सामग्रीसहित पर्यटन जिल्ला सूचना केन्द्रको निर्माण गरी आवश्यक बजेट विनियोजन गरी जिल्ल्ला समन्वय समितिमा एउटा कार्यालय नै व्यवस्थापन गरी जिम्मा लगाउने ।

अवस्था र व्यवस्था परिवर्तनमा विगतदेखि वर्तमानसम्म महत्वपूर्ण भूमिका खेल्दै आएको मिडियाले बदलिँदो परिस्थिति बमोजिम आर्थिक विकास पत्रकारितासमेत मिसन भएको हँुदा आर्थिक विकास पर्यटन प्रवद्र्धन र स्थानीय रोजगारी गर्ने गरी पत्रकार महासंघ अर्घाखाँचीले यो अभियानलाई अगाडि बढाएको कार्यक्रम निकै प्रभावकारी देखिएको छ ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया