रौतहट । गौर–रौतहटमा माण्डवीद्वारा राहत वितरण गरिएको छ । यस जिल्लाअन्तर्गत माण्डवीको अगुवाई र एफसी डीओ–स्टार्ट फण्ड नेपालको आर्थिक सहयोग तथा मरसी कर्पसको प्राविधिक सहयोगमा विभिन्न सामग्रीहरु राहत स्वरुप वितरण गरेको हो ।
शीतलहर परियोजनाअन्तर्गत चिसोबाट प्रभावित घरपरिवारहरुलाई माण्डवी संस्थाले शुक्रबारदेखि राहत वितरण गर्ने कार्य सुरु गरेको छ । जिल्लाको गौर नगरपालिका, परोहा नगरपालिका तथा इशनाथ नगरपालिका र सर्लाही जिल्लाको धनकौल गाँउपालिकामा गरी ४ वटा पालिकाहरुका शीतलहर परियोजनाअन्तर्गत करिब ५०० जनालाई राहत वितरण गर्ने कार्यक्रम रहेको संस्थाकी अध्यक्ष अञ्जु झाले बताइन् ।
राहत वितरण कार्यक्रमअन्तर्गत माण्डवीले आज परोहा नगरपालिका–१ का ३१ जना घरपरिवारबाट वितरण गर्ने कार्य सुरु गरेको छ । शीतलहर राहत कार्यक्रमअन्तर्गत २ चरणमा राहत वितरण हुनेछ । पहिलो चरणमा करिव रु ८ हजार बराबरको न्यानो कपडा तथा दोस्रो चरणमा रु ६ हजार ५०० सय बराबरको खाधान सामाग्रीहरु वितरण हुने माण्डवीका अनुगमन तथा मुल्यांकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी दिए ।
राहत सामग्रीहरुमा ज्याकेट, उनीका सुइटर, उनीका मोजा, थर्मश (तातो पानी राख्ने,१ लिटर), सिरक (फोम) २ केजी, सिरक (कपास) ६ देखि १० केजी, पिफम (६.५ फिट लम्बाई), त्रिपाल १२–१८, तातो पानी राख्ने (हट वाटर ब्याग), डसना, ऊनको टोपी, बाक्लो मोजा, ऊनको स्वीटर, भित्री न्यानो कपडा (थर्मोकोट सेट), बाक्लो ज्याकेट, बाक्लो टाउजर, बच्चाको न्यानो कपडा (जम्पर), ऊनको पन्जा, चप्पलहरु सिभिए कार्डका माध्यमबाट लाभग्राहीहरुको छनोट अधारमा वितरण गरिएको माण्डवीका कार्यक्रम संयोजक मुनिलाल बैठाले जानकारी दिए ।
प्रतिक्रिया