देउवाकै अगाडी चन्द्र भण्डारीको ब्यङ्ग्य – म अझैसम्म पनि मन्त्रीको लिष्टमा परेको छैन

पर्वत । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाकै अगाडि आफू अहिलेसम्म मन्त्री नभएको भन्दै ब्यङ्ग्य गरेका गरेका छन् । कुश्मा बजारमा आयोजित नेपाली कांगे्रस पर्वतको दोस्रो जिल्ला सम्मेलनमा बोल्दै नेता भण्डारीले पटक पटक निर्वाचन लडे पनि आफूलाई सभापतिले अझै पनि मन्त्री नबनाएको बताएका हुन् । उनले भने, ‘आफू भन्दा पछाडीका नेता मन्त्री भैसके पनि म भने अझैे शेरबहादुर जी को मन्त्री हुने लिष्टमा छैन् ।’ भण्डारीले सभापति देउवा कै अगाडी आफू पछि परेको संकेत समेत भनाई मार्फत दिएका थिए । भण्डारीले अवसर नपाउँदैमा पार्टीे कमजोर बनाउन नहुने भन्दै यस्तो ब्यङ्ग्य गरे ।

भण्डारीले देशमा पछिल्लो समय हजारौँ युवा बिदेश पलायन भएको बताउदै उनीहरुलाई रोक्न र देशमा नै रोजगारीका बिभिन्न खालका कार्यक्रम बनाउनुपर्ने बताए । नेता भण्डारीले कांग्रेसले प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भनेर बस्न नहुने कुरा समेत स्मरण गराए ।

जनताका वीचमा जाने कुरा प्रतिगमन नभएको भन्दै त्यो बेलामा कांग्रेस चुनावमा जानुपर्ने कुरामा चुकेको समेत उल्लेख गरे । उनले चुनावमा नभएको कांग्रेसले अर्को निर्वाचनमा वाध्य भएर गठबन्धन गरेको समेत स्वीकार गरे । कार्यक्रममा नेता भण्डारीले आगामी हाम्रा छोरा नातीहरुलाई शिर ठाडो पारेर जवाफ दिन सक्ने गरी सवैले काम गर्नुपर्ने बताए । आगामी पुस्ताले आफूहरुले गरेको विकास र राजनीतीको बारेमा प्रश्न गर्न सक्ने भन्दै अहिले नै सचेत भएर काम गर्नुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया